१. कुरो दुई वर्ष पहिलेको हो । भरखरै प्रदेशको चुनाव सम्पन्न भएको अवस्था थियो । मुख्यमन्त्री र मन्त्रीहरुले शपथ ग्रहण गरेको बेला थियो । प्रदेश स्थापना भएकोमा उत्साह र उमङ्गको वातावरण थियो । संघीय संरचनालाई जसरी भएपनि सफल पार्नुपर्ने आवाज जताततै घन्किएको थियो । संविधानतः देश र जनताको भविष्य संघीय संरचनामा निहित रहेकोमा सबैको एक मत थियो ।
२. त्यो उत्साह र उमङ्गको वातावरणमा पूर्वदेखि पश्चिम सम्मका सबै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले एउटा कुरा बारम्बर दोहो¥याउने गरेका थिए । उनीहरुले आफ्नो प्रदेशको प्राकृतिक, धार्मिक सम्पदाको प्रवर्धन गरेर आफ्नो प्रदेशलाई एक नम्बर बनाउने अठोट गरेका थिए ।
३. उनीहरुले आफ्नो प्रदेशको धरोहरका रुपमा रहेका कुराहरुको मुक्तकण्ठले प्रशंसा गर्ने गर्दथे र तिनीहरुको संरक्षण र प्रवर्धन गरेर प्रदेशको समृद्धि गर्ने प्रण गरेका थिए । उनीहरुले त्यसवेला गरेका ती अठोट र प्रण कतिपयले भुलिसकेका पनि हुन सक्दछन् । तर सबैले भुलेका छैनन् ।
४. उनीहरुले त्यसवेला गरेका प्रणलाई आज संझौँ भने धेरै क्षेत्रमा निराशा हात पर्दछ । ती प्रदेशहरुमध्ये केहीले आफ्नो नाम र राजधानी समेत तोक्न सकेका छैनन् । सोचेमा यो विडम्बना हो तर विडम्बना भनेर के गर्ने यहाँ त्यस्तै भएको छ । अझ कतिसम्म यस्तो हुन्छ, यो भन्न सकिने अवस्था छैन ।
५. ती प्रदेश सरकारले पनि संघीय सरकारले जस्तै गरी बजेटमा विनियोजित रकम खर्च गर्न सकेका छैनन् । खर्चै गर्न नसकेपछि विकास र निर्माण कसरी हुन्छ, त्यो सबैले सोध्ने प्रश्न भएको छ । गत वर्षसम्म तिनीहरुले संघीय सरकारले कर्मचारीको व्यवस्था नगरेकोले त्यस्तो स्थिति आएको भनेर माथितिर देखाउने गर्दथे । तर अहिले त्यो अवस्था पनि छैन ।
६. हजाँ केही काम भएको छ, त्यहाँ सबैको ध्यान जान्छ र त्यसको जस लिन सबै अघि सर्दछन् । तर काम नभएको ठाउँमा उनीहरुको दृष्टि नै जाँदैन । यो अचम्मको स्थिति छ । उदाहरणका लागि पोखराको बसपार्क लिन सकिन्छ । पोखरा बसपार्क निर्माण गर्ने नगर, जिल्ला, प्रदेश र संघीय सरकार तथा सबै पार्टीहरुको प्रतिबद्धता हो तर आजसम्म कसैले त्यसमा रचनात्मक दृष्टि दिएका छैनन् ।
७. पोखराको फेवातालको अवस्था पनि त्यस्तै छ । सर्वाेच्चको फैसला आउनासाथ मापदण्ड कायम गरी मापदण्ड विपरीतका संरचना सफा गर्ने भनिएको थियो । त्यो पनि सेलाएर गएको छ । गर्नुपर्ने महत्वपूर्ण काम त्यसै राख्ने अनि नम्बर १ प्रदेश हुन्छौँ भनेर प्रण गर्ने प्रचलन अनौठो छ । तिनीहरुको त्यस्तो अवस्थाले गर्दा उत्कृष्ट प्रदेश कुन भयो भन्ने अवस्था नै आएन । तिनीहरु मध्ये कसैले पनि आफुलाई उत्कृष्ट भन्न पनि सकेका छैनन् । हिजोको उत्साह उमङ्ग त्यसै सेलाएर गएको अनुभूति भएको छ । प्रदेशहरुले त्यसो गर्नुभएन । उत्कृष्टताका लागि प्रयास जारी राख्नु आजको आवश्यकता हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१