आहाः रारा गोल्डकप प्रतियोगिता

सम्पादक
माघ १०, २०६९

१. नेपालको खेलकुद जगतमा चर्चित आहा गोल्डकप फुटबल प्रतियोगिता म·लबारदेखि पोखरा र·शालामा सुरु भएको छ। खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौं भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिताले फुटबलका खेलाडी र खेलप्रेमीहरूलाई आकषिर्त गरेको छ।

२. यो प्रतियोगिता २०५८ सालमा सुरु भएको हो। त्यसबेला यो क्याराभान गोल्डकपका रूपमा सञ्चालन गरिएको थियो।  त्यसपछि आहा गोल्डकपका रूपमा आयोजना गरियो। यस वर्षदेखि यसको नाम रारा पनि थपिएको छ। अहिले यो प्रतियोगिता आहा! रारा गोल्डकप प्रतियोगिता भएको छ। प्रतियोगिताको यो ११ औं संस्करण हो।

३.     आहा! रारा गोल्डकप प्रतियोगिताको पूर्व सन्ध्यामा त्यसको प्रचार-प्रसारका लागि सोमबार पोखरामा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको थियो। त्यस्तै यसको प्रचार-प्रसारका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, गण्डकी नेपाल र पोखरा लोक सङ्गीत समूहका कलाकारहरूले पोखराका चोक-चोकमा गीत गएका थिए।

४. आयोजकले बताएअनुसार यसपटक प्रतियोगितामा नेपाल र भारतका गरी १२ टीम सहभागी छन्। नेपाली टीममा लक्ष्मी हुन्र्डाई मनाङ मस्र्याङ्दी क्लब, सामसुङ जाउलाखेल युथ क्लब, थ्री स्टार क्लब, एनएमबी मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, म्याक्डोयल्स आरसिटी, त्रिभुवन आर्मी क्लब, फ्रेण्ड्स क्लब, धरान फुटबल क्लब र आयोजक सहारा क्लब आमा क्लब रहेका छन् भने भारतको गोर्खा ब्रिगेड फुटबल टीम र साउदर्न समिति एफसी कोलकाता रहेका छन्।

५. प्रतियोगितामा बिजेता टीमले तीन लाख ५१ हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र पाउनेछ भने उपविजेताले दुर्इ लाख एक हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछ। आयोजक समितिले प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर फेयर प्ले टीमलगायतका लागि पुरस्कारको व्यवस्था गरेको छ।

६.     गत वर्षको शिल्ड मनाङ मस्र्याङ्दीले जितेको थियो। यसपटक कसले शिल्ड चुम्ने हो भन्ने विषयमा पोखरामा अड्कलबाजी भइरहेको छ। सहारा क्लबद्वारा आयोजित यो प्रतियोगिता पाँचपटक नेपाल पुलिस क्लबको पक्षमा गएको छ। त्यस्तै हिसाब राख्नेहरूले मनाङ मस्र्याङ्दीले तीनपटक, थ्री स्टारले दुर्इपटक रअफ्रिकन युनाइटेडले एकपटक प्रतियोगिता जितेका छन्।

७. यो ११ औं प्रतियोगिता राम्रो मौसममा सुरु भएको छ। पोखराको हिमाल खुलेको छ। स्वच्छ र सफा देखिएको हिमाल खेलाडी, खेलप्रेमीहरूको स्वागत गर्न आतुर भएकोजस्तो देखिन्छ। जसरी पोखराको प्रकृति राम्रो छ, त्यस्तै प्रतियोगिता पनि राम्रो स्वच्छ र सफा रहोस्, बिनाबिघ्न बाधा प्रतियोगिता सम्पन्न होस् भन्दै पोखरामा आयोजित यो प्रतियोगिताका सहयात्री खेलाडी र खेलप्रेमीहरू सबैलाई स्वागत गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width