१. देशमा चुनावको हावा चल्न थालेपछि राजनीतिक नेताहरूको बोली फेरिन थालेको छ। केही नेताहरू अर्काे पार्टीबाई आलोचना गर्दैछन् भने कोही राजनीतिका कुरा जनताले सुन्दैनन् भनी आर्थिक विकासको प्रलोभन देखाउन खोज्दैछन्। उनीहरूमध्ये केहीले देशमा आर्थिक क्रान्तिकारी गर्ने र कस्तो हुन्छ भन्ने खाका प्रस्तुत गरेका छैनन्। संविधानसभाको चुनाव सम्पन्न भए यता चार जना राजनीतिक नेताहरू प्रधानमन्त्री भए। आफू प्रधानमन्त्री भएको बेलामा उनीहरूले कहिले आफ्नो या आफ्नो पार्टीको आर्थिक एजेण्डा भनेर कुनै खाका प्रस्तुत गरेनन्।
३. आर्थिक विकासका लागि सबभन्दा आवश्यक आर्थिक वातावरण हो। त्यो आर्थिक वातावरण निर्माण गर्न कोही पनि लागिपरेनन्। उद्योगहरू बन्द, हडताल गरिए। उद्योगमा ताला लगाइए। तर सरकारी पक्षबाट त्यसमा कहिले सकारात्मक कदम चालेर सुरु भई समस्या समाधान गर्नेतिर लागेनन्। बन्द, हडताल र तोडफोड गर्दा पनि टुलुटुलु हेरिरहे।
४. भारतको विहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले आफ्नो प्रान्तमा के कसरी विकास गरेका छन् भन्ने कुरा नेपालका नेताहरू अधिकाँशले धेरथोर जानेका छन्। कतिपयले स्थलगत अध्ययन पनि गरेका छन्। उनको मात्र सिको गरेको भए पनि देशमा केही हुन्थ्यो। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई विहारको एक कार्यक्रमको प्रमुख अतिथि भएर पनि गरेका थिए।
५. अधिकाँश राजनीतिक पार्टीरूले निजी क्षेत्रहरूलाई कुन स्थान दिने भन्ने कुरा पनि यकिन गरेका छैनन्। निजी क्षेत्रलाई अवसर दिए भने उनीहरूले पनि केही गर्न सक्छन् भन्ने कुरा २०४८ सालपछिका घटनाक्रमले देखाएको छ। त्यसबेला शिक्षा, स्वास्थ्य र सञ्चारमा सरकारले केही खुकुलो के गरेको थियो कि निजी क्षेत्र लगानी गर्न अग्रसर भयो। कसैलाई मन परेपनि, नपरे पनि शिक्षा, स्वास्थ्य र सञ्चारमा अभूतपूर्व प्रगति देखिएको छ।
६. त्यसपछि लगानी भित्र्याउने नाममा डा. बाबुराम भट्टराईको सरकारले सन् २०१२/१३ लाई लगानी वर्ष घोषणा गरेको हो। त्यस अनुसार सरकारले भारतसँग बीप्पा सम्झौता पनि गर्यो। तर त्यो सम्झौतालाई उनकै पार्टीले अझसम्म समर्थन गरेको छैन। न त त्यो पार्टीले प्रत्यक्ष त्यसको विरोध नै गरेको छ। यस्तो चालले कसरी आर्थिक विकास हुन्छ -?
७. कुरा ठूलो गर्ने काम नगर्ने रोगबाट हाम्रा नेताहरू ग्रस्त छन्। ठूल्ठूला कुरा गर्नेहरूको पालामा हाम्रो आर्थिक वृद्धिदर मात्र तीन प्रतिशत भएको छ। जब कि मूल्य वृद्धि दुर्इ अड्ढमा पुगेको सरकारी आँकडाले देखाएको छ। उद्योगधन्दा केही बन्द छन् भने केही पलायन भएका छन्। सञ्चालित परियोजनाहरू राष्ट्रियताको नाममा बन्द गरिएका छन्। देशभित्रको वर्तमान यथार्थ यस्तो छ। यसलाई बनाउनतिर कसैको ध्यान छैन। तैपनि नेताहरू आर्थिक विकास गर्ने, आर्थिक क्रान्ति गर्ने र लगानी भित्र्याउने कुरा ठूल्ठूला स्वरले चिच्याइरहेका छन्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०