आयात–निर्यात व्यापारमा सुधारको अपेक्षा

सम्पादक
फागुन २६, २०७९

देशको आयात–निर्यात व्यापार प्रत्येक वर्ष घाटा भएको, घाटा बढ्दै गएको र घाटाको परिमाणलाई के कसरी घटाउने भन्ने सम्बन्धमा चिन्तन–मनन भइरहेको बेला काठमाडौं विश्वविद्यालयले एउटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरी देशको आयात–निर्यात व्यापार सम्बन्धमा केही सुझाव दिएको छ । काठमाडौंमा मंगलबार र बुधबार आयोजित व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा विश्व व्यापार संगठनका पदाधिकारी र अन्य ख्याति प्राप्त विशेषज्ञहरुको सहभागिता रहेको त्यस सम्मेलनले खुला बजार अर्थतन्त्रले प्रतिस्पर्धाको क्षमता अभिवृद्धि गर्ने, नयाँ प्रविधिको प्रयोग गर्न प्रोत्साहित गर्ने र नयाँ प्रविधिको प्रयोगले उत्पादन बढाउने उल्लेख गरेको छ । सम्मेलनले आधुनिक युगमा शतप्रतिशत आत्मनिर्भर असम्भव भएको पनि बताएको छ ।

नेपाली दुई दशक पहिले विश्वव्यापार संगठनको सदस्य भएको थियो । विश्वव्यापार संगठनको सदस्य भएपछि देशको आयात–निर्यात व्यापारमा सुधार हुने जुन परिकल्पना गरिएको थियो । त्यो भएन, अन्य देशहरुले खुला बजार अर्थतन्त्रको नीति अपनाएर फाइदा उठाएका छन् । तर नेपालले अझसम्म त्यसको फाइदा लिन सकेको छैन । कुनै बेला नेपालको पस्मिना, अलैंची, चिया आदि विश्व बजारमा ठूलो माग थियो भने अहिले त्यो छैन । विश्व व्यापार संगठनको सदस्य भएर नेपालले ठूलो धक्का खानु परेको अवस्था छ । नेपालको आयात निर्यात व्यापार विशेषतः छिमेकी भारत र चीनसँग हुने गरेको छ । तर ती दुवै देशसँगको व्यापारमा नेपालले घाटा सहनु परेको छ । त्यो घाटाको परिमाण बढ्दै गएकोले त्यसले देशको विदेशी मुद्रा सञ्चितमा समेत त्यसले नराम्रो प्रभाव पारेको छ ।

विशेषज्ञहरुले छिमेकी देशहरुसँगको व्यापार घाटा घटाउन व्यापारमा विविधीकरण सुझाव दिने गरेका छन् । सरकारले व्यापारकी विविधीकरणको प्रयास पनि गरेको छ । सरकारले अन्य देशरुसँग पनि ब्यापार सम्झौता गरेर ब्यापार गर्दैछ, तर जति देशसँग व्यापार गरे पनि अपवादलाई छोडे भन्ने हो भने ती व्यापारबाट नेपाललाई नै घाटा लाग्ने गरिएको छ । त्यसरी घाटा हुनु एक त हाम्रै आन्तरिक कारणले गर्दा पनि हो । हाम्रा उद्योगधन्दा र कलकारखानहरु विविध कारणले गर्दा पूर्ण क्षमताका साथ सञ्चालन हुन सकेको छैनन् । खेतबारीहरु धेरैजसो बाँझै देखिन्छन् अर्कोतिर हाम्रा उत्पादकहरुले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । यी व्यावहारिक कठिनाइहरु हुन् । काठमाडौं विश्व विद्यालयले आयोजना गरेको सम्मेलनले हाम्रो ती समस्याहरुको समाधानका उपायहरु पनि सुझाइको छ । तिनीहरुको सुझावअनुसार गर्न सके आयात–निर्यात व्यापारमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width