आधिकारिक नक्साको आवश्यकता

सम्पादक
चैत्र ५, २०७६

१. नेपाल सरकारले नेपालको सम्पूर्ण भूभाग समेटेर आधिकारिक नक्सा निकाल्नु पर्दछ भन्ने आवाज चर्काे हुँदै गएको छ । भारत सरकारले नेपाली भूभागलाई अनधिकृत रुपमा आफ्नो नक्सामा राखेर नक्सा सार्वजनिक गरेपछि नेपालको पनि आधिकारिक नक्सा निकाल्नु पर्ने खाँचो महसुस गरिएको छ ।
२. भारतले नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेर गत कार्तिक २६ गते नक्सा प्रकाशित गरेको थियो । त्यही दिनदेखि नेपालीहरुले नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्नु पर्ने आवाज उठाउँदै आएका हुन् ।
३. सरकारले बोलाएको सर्वदलीय र सर्वपक्षीय वैठकले अभूतपूर्व एकता कायम गरी सीमाको विषयमा भारतीय कदमको विरोध गरेको थियो । सरकारले मंसिर ४ मा नेपाली भावना समेटेर अफिसियल नोट पठाई वार्ताको प्रस्ताव गरेको थियो । चार महिना वितेर पनि त्यस सम्बन्धमा दुईदेशका बीच वार्ता आजसम्म भएको छैन ।
४. वार्ता कहिले हुन्छ, त्यो पनि निश्चय छैन । सीमा सम्बन्धी वार्ता हुन लामो समय लाग्न पनि सक्छ । त्यो वार्ताको लागि पनि एउटा आधारको रुपमा आधिकारिक नक्साको आवश्यकता हुन्छ । त्यसैले तुरुन्त नक्सा निकाल्नु पर्दछ भन्ने नेपालीको आवाज हो ।
५. नेपालीको आवाजलाई महसुस गरेर प्रबुद्ध वर्गले ऐतिहासिक दस्तावेज केलाएर नेपालको नक्सा प्रकाशित गरेर सरकारलाई हस्तान्तरण पनि गरेको छ । त्यो नक्साको आधारमा सरकारले आधिकारिक नक्सा बनाउन त्यसले धेरै सघाउ पु¥याउन सक्छ ।
६. यस्तो अवस्थामा पनि सरकारले आधिकारिक नक्सा प्रकाशित गरेको छैन । केही समय पहिले भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले नक्सा तैयारी गरिरहेको र छिट्टै प्रकाशित हुने जनाएकी थिईन् । तर त्यो छिटो अझसम्म आएको छैन ।
७. सरकार किन पछि हट्दैछ, त्यो बुझ्न नसकिने भएको छ । केही समय पछि नक्सा निकाल्दा अप्रासांगिक जस्तो लाग्न पनि सक्छ । जे पनि समयमा गर्नुपर्दछ । समय गुज्रेपछि अनेक भ्रम फैलिन सक्छ । भ्रमको खेती अचम्मको हुन्छ । त्यसले कसैलाई पनि फाइदा गर्दैन । त्यस्तो अवस्था आउनै नदिने उपाय गर्नुपर्दछ । त्यसको लागि सरकारले अब विलम्ब नगरिकन छिटो भन्दा छिटो आधिकारिक नक्सा सार्वजनिक गर्नु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width