१. आदिवासी जनजाति लगायतका पिछडिएका जाति र वर्गका लागि संविधानमा आरक्षण गरिएको कोटा सरकारले तलमाथि गर्न थालेपछि आदिवासी जनजातिहरु आन्दोलित छन्। आदिवासी जानजाति लगायतका पिछडिएका जाति र वर्गको उत्थान र विकासको लागि संविधानमा त्यस्तो प्रावधान गरिएको छ।
२. संविधानले आरक्षणको व्यवस्था गरेपछि त्यस वर्गको स्थितिमा केही सुधार भएको महसुुस गरिएको छ। शताब्दीदेखि शिक्षा, दीक्षा, व्यवसाय आदिमा पछि पारिएका वर्गको यत्ति छिटै उत्थान र विकासको धेरै आशा त गर्न सकिँदैन, तर केही सुधार र परिवर्तन भने निश्चय नै देखिएको छ।
३. त्यो वर्ग र जातिमा आएको सुधार र परिवर्तन शायद कसैका लागि सह्य भएन र तिनीहरुले आरक्षणको विरुद्धमा यताउता बोलेर आफ्नो असहिष्णुता देखाउन थालेका छन्। असहिष्णु र अनुदारवादीहरुले त्यसरी बोल्नु एउटा कुरा हो भने सरकारले संविधान प्रदत्त हक अधिकार तल माथि पार्नु अर्को कुरा हो।
४. आदिवासी जनजातिहरु यस देशका भूमिपुत्र हुन्। उनीहरुले बोल्ने भाषा र मान्ने धर्म, संस्कार, संस्कृति, भेषभूषा मौलिक छन्। त्यसमा नेपाली माटोको सुवास छ। राष्ट्र र राष्ट्रियताको हिसाबले ती हाम्रा अमूल्य निधि हुन्। तिनीहरुको संरक्षण र सम्वद्र्धन गर्नु अथवा जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो।
५. २५ औं विश्व आदिवासी दिवसको सन्दर्भमा यी कुरा उल्लेख गर्नु अरु सान्दर्भिक हुन्छ। आयोजकहरुले यस दिवसको नारा “पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो साझा अभियानः २५ औं विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशिताको लागि हाम्रो आन्दोलन” भन्ने छानेका छन्।
६. संयुक्त राष्ट्रसंघले आदिवासी जनजातिहरुको स्थितिमा सुधार गर्न महत्वपूर्ण कदम चालेको छ। यस विश्व संस्थाले आदिवासी वर्ष मनायो। आदिवासी दशक पनि घोषणा गर्यो। त्यो प्रयासले आदिवासी जनजातिहरुले आफ्नो हक अधिकारबारे राम्ररी जान्ने बुझ्ने अवसर पाएका छन् र त्यसको लागि संगठित हुने प्रेरणा पनि पाएका छन्।
७. तर आदिवासी जनजातिहरुको संगठन हिजो जे जति सुदृढ थियो। आज त्यो देखिँदैन। केही गर्छौ भनी नेतृत्वमा आउनेहरुले आफ्नो पालामा केही गर्नुपर्दछ। २५ औं विश्व आदिवासी दिवसले यस क्षेत्रमा लागेकाहरु सबैलाई एउटा उत्साह प्रदान गरी आफ्नो वर्गको उत्थान र विकासको लागि सधैं प्रयासरत रहने शक्ति प्रदान गरोस्, यही हाम्रो कामना छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१