अस्थिरता अपेक्षित हुन सक्दैन

सम्पादक
फागुन ९, २०७६

१. प्रधानमन्त्री ओलीको सरकारले दुई वर्ष विताएको छ । आफ्नो सरकारले दुई वर्ष पूरा गरेको अवसर पारेर प्रधानमन्त्री ओलीले संसदमा सरकारले गरेको कामहरुको लामो फेहरिस्त प्रस्तुत गरे । उनले सरकारले गरेका कामहरुको प्रचारप्रसार नगरिएकोमा असन्तोष पनि व्यक्त गरे । उनको असन्तोष एकातिर आफ्नै पार्टीका नेता र कार्यकर्ताहरु माथि थियो भने अर्काेतिर संचारमाध्यम माथि थियो ।
२. प्रधानमन्त्री ओली र उनका केही मन्त्रीहरुले आफुले आश्चर्यचकित पार्ने काम गरेको बताएका छन् भने अर्काेतिर उनकै पार्टीका नेताहरुले सरकारलाई यसरी नै छाड्ने हो भने आगमी निर्वाचनमा प्रतिकूलता व्यहोर्नुपर्ने भएकाले विकल्पतिर ध्यान दिनु पर्ने बताउन थालेका छन् ।
३. पार्टी र सरकारका बीच फासला बढ्दै गएको छ । त्यसो हुँदा कहिले काँही अनपेक्षित र अप्रत्याशित कुरा पनि सुन्नुपर्ने अवस्था आएको छ । त्यो कुरा के हो भने प्रधानमन्त्री ओली आफैले सरकार गिराउने षडयन्त्र भइरहेको बताएका छन् , त्यो पनि अन्यत्र होईन आफ्नो निर्वाचन क्षेत्रमा पुगेर उनले त्यो रहस्योद्घाटन गरेका छन् ।
४. हामी सबैले यो सरकारलाई अत्यधिक बहुमत प्राप्त सरकार भन्दैछौं । केही समय पहिलेसम्म यो दुुई तिहाईको सरकार भएको सर्वविदितै छ । समाजवादी पार्टीले सरकार परित्याग गरेपछि दुई तिहाईबाट केही कमी भएको छ । तर बाहिरबाट सरकार हल्लाउने स्थिति छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यतातिर आफ्नो ध्यान नै नगएको जनाएको छ ।
५. यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले सरकार गिराउने षड्यन्त्र भईरहेको भनी जेजसरी भनेका छन् त्यो बाहिरबाट नभएर पार्टी भित्रैबाट केही भइरहेको संकेत हो । पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्रीको शक्ति कटौती गर्ने प्रयास गरिरहेको समाचार आइरहेको छ ।
६. त्यति शक्ति कटौती गर्न खोजेकोलाई प्रधानमन्त्री ओलीले सरकार नै गिराउने षड्यन्त्र भन्नु नपर्ने हो । सरकार गिराउने षड्यन्त्र भन्ने ठूलो कुरा हो । त्यसमा पनि आफ्नै पार्टीका नेताहरुले त्यस्तो गर्न खोजेकोलाई अरु गम्भीर मान्नुपर्दछ । नेपाल कम्युनिष्ट पार्टी भित्र अवश्यक केही त भईरहेका छन् ।
७. नेताहरुमा सरकारप्रतिको असन्तोष एकातिर छ भने अर्काेतिर पार्टीको महाधिवेशनले गर्दा पनि पार्टी भित्रका समूहहरु सल्बलाएको स्थिति छ । त्यसक्रममा कोही प्रधानमन्त्री हुन खोज्नु र कोही पार्टीको अध्यक्ष हुन खोज्नु अन्यथा होईन । यस्तोमा लेनदेन र बार्गेनिङ हुनुलाई अस्वाभाविक भन्न सकिँदैन । त्यही कुरोलाई प्रधानमन्त्रीले सरकार गिराउने षडयन्त्र भनेको हुन सक्छ । त्यो हो भने पनि त्यो गम्भीर कुरा हो र त्यसले अस्थिरता निम्त्याउन सक्छ । अहिलेको अवस्थामा अस्थिरता अपेक्षित हुन सक्दैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width