अर्थमन्त्रीको आग्रह

सम्पादक
श्रावण २०, २०७६

१. देशको व्यापार घाटा प्रत्येक वर्ष बढ्दै गई कहालीलाग्दो अवस्थामा पुगेको र त्यसमा सम्बन्धितहरुले चिन्ता समेत व्यक्त गर्ने गरेका छन्। यही कुरालाई महसुस गरेर अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा भएको व्यापारीहरुको एक भेलालाई सम्बोधन गर्दै व्यापारीहरुले सामान आयात गरेर बेच्ने होइन, उत्पादन गरेर बेच्न आग्रह गरेका छन्।

२. अर्थमन्त्री खतिवडाले सरकारले स्वेदेशी उद्योगलाई संरक्षण गर्ने नीति लिएको पनि बताए। उनले भन्सारमा तयारी वस्तुको आयात र कच्चा पदार्थको आयातमा एक तह फरक पारिएको पनि बताए। उनले भन्सार नीतिमा दिइएको उक्त लाभ लिँदै उद्योग धन्दामा आउन सबै व्यवसायीहरुलाई आग्रह पनि गरे।

३. सरकारले भन्सार रणनीतिमा व्यापारलाई सहजीकरण गर्ने र उद्योगलाई संरक्षण गर्ने नीति अख्तियार गरेको बताइएको छ। तैपनि लगानीकर्ताहरु उद्योग धन्दामा लगानी गर्न हिच्किचाई रहेका छन्। उनीहरुले त्यस्तो हिच्किचाहट गरेरै हो कि बाह्य लगानीकर्ताहरु पनि त्यसरी आकर्षित भएका छैनन्।

४. सरकारले गत चैत्र महिनामा काठमाडौंमा आयोजित लगानी सम्मेलनमा १७ खर्ब ३० अर्ब रुपैया बराबरको लगानी प्रस्ताव गरेका थिए। तिनीहरुले केही समझदारीमा हस्ताक्षर समेत गरेका थिए। त्यसपछि तिनीहरु पनि उत्साहका साथ आएको पनि देखिएन। द्व

५. अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई उत्पादन गर्ने क्षेत्रमा लगानी गर्न त आग्रह गरे। तर सरकार अन्तर्गतका गोरखकाली रबर उद्योग, हेटौँडा कपडा कारखाना लगायतका औद्योगिक प्रतिष्ठानहरु धेरै वर्षदेखि बन्द छन्। ती उद्योगहरुमा ५० जना देखि कमसेकम ३०० जना कामदारहरु दैनिक हाजिरी गरेर बसिरहेका छन्।

६. तिनीहरुले वषौर्देखि तलब पनि पाएका छैनन्। तिनीहरु द्विविधामा छन्। हाजिरी गर्न नगए पाकेको तलब पछि भुस होला भन्ने डर, हाजिरी गरेर पनि केही पाउने हो कि होइन भन्ने शंका। त्यस्तोमा पनि सरकारको ध्यान गएको छैन। आयात घटाउने बारेमा पनि अर्थमन्त्री खतिवडाले ती उद्योगहरुबारे केही बोलेनन्।

७. हामीले पहिले पनि बन्द रहेका ती उद्योगहरु बारे लेखेका थियौं। सरकार लामो समय अनिर्णयको बन्दी भएर बस्नु हुँदैन। त्यो राष्ट्रिय सम्पत्तिको दुरुपयोग हो। जति पछि भयो उति नोक्सानी, बढ्दै जान्छ। बन्द रहेका ती औद्योगिक प्रतिष्ठानहरु संचालन गरिएमा एकातिर आयात प्रतिस्थापन हुनसक्छ भने अकोर्तिर राष्ट्रिय सम्पत्तिको सदुपयोग हुन्छ। त्यसको साथै बेरोजगारहरुले रोजगारी पाउँछन् भने हाजिरी गरेर दिन बिताइरहेका कामदारहरुको भविष्य पनि सुनिश्चित हुन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width