१. एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब अरुण तेस्रो जनविद्युत आयोजनाको काम अघि बढ्ने आश्वासन दिएका छन्। उनले उक्त आश्वासन इटहरीमा बुधबा आयोजित आमसभालाई सम्बोधन गर्दै दिएका हुन्। भारतीय कम्पनी सतलजले निर्माण गर्न लागेको अरुण तेस्रो राष्ट्रियताको कारण देखाएर केही वर्षदेखि रोकिएको छ।
२. अरुण तेस्रो नेपालको त्यो आयोजना हो जसमा हिउँद र वर्षामा पानीको मात्रामा खास फरक आउँदैन। पानीको मात्रामा फरक नहुने भएकोले त्यसबाट उत्पादित विद्युतको परिमाणमा त्यत्ति धेरै अन्तर हुँदैन। अन्य नदीमा वर्षामा पानी धेरै भएर बाँध नै बगाउला कि भन्ने आशड्ढा हुन्छ भने हिउँदमा पानी थोरै भएर विद्युत उत्पादन घट्छ। तर अरुण तेस्रो त्यस्तो होइन।
३. फेरि अरुण तेस्रोको अर्काे विशेषता पनि छ। अरुण तेस्रो पूरा हुनासाथ अरुण दोस्रो सुरु गर्न सकिन्छ। अरुण दोस्रोपछि अरुण पहिलो र अपर अरुण बनाउन सकिने नाप नक्सा तैयार छ। नजिक-नजिकै चार आयोजना हुने भएकाले अन्तमा यसको उत्पादन लागत कम हुने विशेषज्ञहरूले प्रतिवेदन दिएका छन्।
४. अरुण तेस्रो उपयोगी, महत्त्वपूर्ण र अन्तमा सस्तो पनि हुने भएकाले यो आयोजना नेपालीहरूले नै सम्पन्न गर्नुपर्दछ। तत्कालीन नेपाली काङ्ग्रेसको सरकारले विश्व बैड्ढ, एशियाली विकास बैड्ढलगायतका विभिन्न देशबाट ऋण र अनुदान प्राप्त गर्ने वातावरण तैयार गरेको थियो। ती वित्तीय संस्थाहरू र दातृ राष्ट्रहरू त्यसको लागि तैयार भएका थिए।
५. तर अरुण तेस्रोमाथि कहिले वातावरणविद्हरूको गिद्धे दृष्टि पर्यो भने कहिले महङ्गो प्र्रोजेक्ट भन्ने आरोप लाग्यो। सारमा त्यसैबेला त्यो प्रोजेक्ट भारतले आफ्नो हातमा पार्न लागेको बुझिन्थ्यो। त्यसबेला ठूलो पार्टीका रूपमा आएको एमालेले विश्व बैड्ढलाई पत्र लेखी त्यो प्रोजेक्ट रोक्यो। घुमाइ फिराइ भारतले त्यसलाई आफ्नो हात पार्यो।
६. भारतले आफ्नो हातमा लिएर केही काम के सुरु गर्न लागेको थियो कि राष्ट्रियताको नारा दिएर त्यहाँ कम्युनिष्टहरूले काम गर्न दिएनन्। केही वर्षदेखि त्यो त्यस्तै थियो। अब एकीकृत माओवादी अध्यक्ष दाहालको घैंटोमा पनि घाम लागेछ। उनले अब त्यहाँ काम सुरु हुने आश्वासन दिएका छन्। लोडसेडिङको मारमा परेका जनताका लागि त्यो निश्चय नै केही खुशीको कुरा हो।
७. तर एउटा राम्रो महत्त्वपूर्ण काम नेपालमा के कसरी ढिलो हुन्छ भन्ने अरुण तेस्रो एक उदाहरण हो। त्यसको साथै विदेशीले चाह्यो भने के कस्तो तिकडम गरेर हाम्रो हातको राम्रो चरा उनीहरूले आफ्नो हातमा पार्न सक्छन् भन्ने कुराको पनि यो एक जल्दोबल्दो उदाहरण हो। अरुण तेस्रोमा वातावरणको कुरा निस्क्यो, महङ्गीको कुरा आयो र राष्ट्रियता भनियो। तर वास्तविकता के रहेछ ? २१ औं शताब्दीको खूब टाढाबाठा र चतुर नेता भन्नेहरू यथार्थको कुन धरातलमा रहेछन् भन्ने कुरा अरुण तेस्रोले प्रष्ट देखाएको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१