अम्बरेश्वर आश्रम सहयोगको पखाईमा

सम्पादक
असार १०, २०७०

१. कास्की जिल्लाको पुरुन्चौर गाविसस्थित काउरेमा वि.सं. १९६६ सालमा स्र्वर्गद्वारी प्रभुको स्मृतिमा स्थापित शिवालय छ। ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको त्यस धार्मिक स्थलमा धेरै मठमन्दिर एवं स्मारक रहेका छन्। त्यसको नजिकै १००८ स्वामी डा. रामानन्द गिरीले २०५८ सालमा स्थापना गरेको अम्बरेश्वर सन्यास आश्रम छ।

२. अम्बरेश्वर सन्यास आश्रम परिसरमा स्वामीको एक आश्रम छ भने त्यसको अगाडि पूर्व-पश्चिम लम्बिएको प्रवचन मण्डप छ। उक्त मण्डपमा स्वामीले आध्यात्मिक विषयमा प्रवचन गर्ने र आध्यात्मक विषयमा अभिरुची राख्ने जिज्ञासु र विद्यार्थीलाई अध्यापन गर्ने गरिएको छ।

३. वास्तवमा अम्बरेश्वर सन्यास आश्रम स्वामीको ग्रीष्मकालीन आवास हो। स्वामी त्यही आश्रममा मुकाम गरिरहेको कास्कीका पनि धेरैलाई थाहा छैन। दुर्इ हप्ता पहिले देउघाटको महेश संस्कृत गुरुकुल माध्यमिक विद्यालयका छात्रहरू पनि त्यहाँको गर्मी छल्दै पुरुन्चौरस्थित त्यस आश्रममा आएपछि त्यो कुरा धर्ममा रुची राख्नेहरूका लागि एक समाचार बन्यो।

४. गुरुले ती विद्यार्थीहरूलाई १५ दिन आश्रममा राखेर संस्कृत लेखन तथा वाचन सिकाइने कार्यक्रम रहेको थियो। ती विद्यार्थीहरूले संस्कृतको ज्ञान गरेका मात्र होइनन्। त्यो आश्रमको इतिहास र धार्मिक महत्त्वका सम्बन्धमा पनि जानकारी पाएका छन्। काउरेबाट उनीहरूले जीवनोपयोगी आवश्यक ज्ञान हासिल गरेर देवघाट फकर्ंदैछन्।

५. कास्की जिल्ला धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण जिल्ला हो। धेरै धार्मिक व्यक्तिले काँशी कि कास्की भनी उल्लेख गर्ने गरेका धेरै प्रस· छन्। त्यसै भएर पनि स्वामी एवं सन्यासीहरू यहाँ आफ्नो आश्रम निर्माणका लागि आउने गर्दछन्। जसको परिणाम यहाँ धेरै आश्रम विद्यमान छन्।

६. देवघाटमा महेश संस्कृत आश्रम सञ्चालन गरिरहेका १००८ स्वामी डा. रामानन्द गिरीले पुरुन्चौरमा आश्रम स्थापना गर्नु आफैमा महत्त्वपूर्ण कुरा हो। यो हाम्रो लागि गौरवको विषय पनि हो। तर धर्मप्रिय बन्धुहरूको जे जति ध्यान त्यहाँ पुग्नुपर्ने हो, त्यो पुगेको छैन। त्यसैले अम्बरेश्वर आश्रम सबैको सहयोगको पर्खाइमा छ।

७. त्यहाँ भौतिक पूर्वाधार बनिसकेका छन्। विद्या अध्ययनका लागि विद्यार्थीहरू टाढा-टाढाबाट पनि आउने गर्दछन्। तर त्यसरी आगन्तुक विद्यार्थी र त्यहाँ नै बसेर विद्या अध्ययन गर्न चाहनेहरूका लागि भोजन व्यवस्थाको अभाव छ। कुनै दाता भक्तजनको ध्यान त्यता गएमा एक त धर्मको अभिवृद्धि हुनेछ भने अर्कोतिर त्यसबाट पुण्य प्राप्त हुने देखिन्छ। हामी धर्मप्रिय बन्धुहरूको ध्यान त्यतातिर केन्द्रित गर्न आग्रह गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width