अन्तर्राष्ट्रिय न्यायलयमा बुद्ध प्रतिमा

सम्पादक
जेठ ८, २०७०

१. नेदरल्याण्डस्को हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय परिसरमा बुद्ध प्रतिमा स्थापना गरिने भएको सामाचार सम्प्रेषण भएको छ। गैरआवासीय नेपाली सङ्घ एनआरएनले नेपाल सरकारसँग मिलेर सो प्रतिमा स्थापना गर्न लागेको हो। बुद्ध नेपालमा जन्मेका हुन् भनी प्रचार गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घले त्यो प्रयास गरेको हो।

२. भारतको उत्तरप्रदेशको प्रान्तीय सरकारले त्यस सम्बन्धमा भ्रम फैलाउन खोजेको र कतिपय देशमा पनि त्यो भ्रम रहिरहेकाले गैरआवासीय नेपाली सङ्घले यताउता आफ्ना गतिविधि, उद्घाटन समारोह आदिमा भगवान बुद्धको मूर्ति राखी पूजा अर्चना गर्ने गर्दछ। केही दिन पहिले फिलिपिन्समा भएको एनआरएनको क्षेत्रीय बैठकको शुभारम्भ पनि बुद्ध प्रतिमासामु बत्ती बालेर गरिएको थियो।

३.     एनआरएनका अध्यक्ष जीवा लामिछानेले अन्तर्राष्ट्रिय न्यायलय परिसरमा बुद्ध प्रतिमा राख्न त्यस न्यायालयबाट एक महिना पहिले स्वीकृति पाइसकेको बताएका छन्। उनले एक महिनाभित्र त्यहाँ प्रतिमा स्थापना गर्ने कुरा बताए। त्यस संस्थाले बुद्ध जन्मस्थलसम्बन्धी भ्रम हटाउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रयास गरिरहेको छ।

४. बुद्ध जन्मस्थलबारे अन्तर्राष्ट्रिय रूपमा नै न्याय खोजेको सड्ढेत गर्न डेढ वर्षदेखि हेगमा प्रतिमा स्थापनामा भइरहेको प्रयास अहिले सफल भएको लामिछानेले बताए। न्यायालयले पनि लामो अध्ययनपछि प्रतिमा राख्न स्वीकृति दिएको हो। यो समाचारले नेपाल र नेपालीलाई हषिर्त र गौरवान्वित बनाएको छ।

५. २५५७ औं बुद्ध जयन्तीको पूर्व सन्ध्यामा आएको यो समाचारले बौद्धहरूलाई विशेष प्रशन्न बनाएको छ। बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम मनाइरहेका बौद्धहरूलाई यसले अरु उत्साह बढाएको छ। एनआरएनले जस्तै अरुले पनि प्रयास गरेमा एकातिर त्यो भ्रम हट्ने छ भने अर्कोतिर नेपालको मान र प्रतिष्ठा बढ्ने छ।

६. अहिंसाका पुजारी शान्ति नायक भगवान बुद्धले मैत्री, करुणा र समताको सिद्धान्त फैलाए। मानिस-मानिसबीच उँचनीचको भावना र छुवाछूत प्रथाको उनले घोर विरोध गरे। उनले पञ्चशीलको शिक्षा दिए आर्य अष्टा·कि मार्गको दिशानिर्देश गरे र प्रतीत्य समुत्पादको दार्शनिक व्याख्या गरे।

७. भगवान बुद्धले प्रतिपादन गरेको धर्मको महत्त्व अन्तर्राष्ट्रिय क्षेत्रमा दिनानुदिन बढ्दै गएको छ। राष्ट्र सङ्घले यो धर्मको महत्त्व आत्मसात गरेर लुम्बिनीको विकासमा सघाएको छ। राष्ट्रसङ्घ परिसरमा पनि भगवान बुद्धको अस्थिधातु राखी चैत्यको निर्माण गरिएको छ। अन्तर्राष्ट्रिय न्यायालय परिसरमा पनि उनको मूर्तिको स्थापना हुनु ठूलो कुरा हो। त्यसको लागि एनआरएनलाई धन्यवाद दिनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width