अनलाइन कारोबार

सम्पादक
जेठ २७, २०७७

१. विश्वव्यापी रुपमा अनलाइन कारोबार फैलिदै गएको र नेपालमा पनि यसको सुरुवात भएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको परिवर्तनले ल्याएको यो सहजताको उपयोगप्रति जनचासो बढ्नु स्वाभविकै हो । नेपाली बजारमा अनलाइन कारोबार दिन प्रतिदिन बढ्दै पनि गएको छ ।

२. तर सहजताको रुपमा लिइएको यही अनलाइन कारोबार ठगी धन्दाको रुपमा समेत हुन थालेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइनको कारेबार गर्ने १० वटा फर्म उपर कारवाहीको लागि उजुरी परेको र अनुसन्धान भईरहेको जनाएको छ । अनलाईन कारोबारलाई नियमन गर्ने कानूनी संरचनाको अभावमा ठोस कारवाही हुन नसकेको र उपभोक्ताले पनि न्याय पाउन सकेका छैनन् ।

३. अनलाईन कारोबारलाई कानूनी दायरामा ल्याई उपभोक्ताहरुको हकहित संरक्षण गर्न नियम कानूनको मस्यौदा तयारी गर्ने क्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यस विषयमा छलफल सुरु गरेको छ । त्यस क्रममा सहभागीले अनलाईन कारोबारबाट प्राप्त हुने सामानहरु गुणस्तर नभएको, बढी मुल्य लिएर उपभोक्ता ठगी गरिरहेको गुनासो गरेका छन् । यसैगरी सामान लिने समयमा हेर्न नपाएको, सामान फिर्ता गर्ने तथा साट्ने सुधिवा नभएको र भ्याट विल समेत नपाएको उपभोक्ताले जनाएका छन् ।

४. अनलाइन कारोबार गर्ने फर्मले वस्तुको गुणस्तर, नापतौल, खुद्रा मुल्य, उत्पादन तथा म्याद सकिने मिति स्पष्ट उल्लेख गर्नुपर्ने र उचित ढुवानी दरमा उपभोक्ताका समक्ष सामान पु¥याउनुपर्ने हुन्छ । सो वमोजिम नभएको अवस्थामा कानून वमोजिम व्यवसायीले सजाँय पाउनु पर्ने त छदैबछ कुनै किसिमले उपभोक्ताको हानी नोक्सानी भएमा त्यसको क्षतिपूर्तिको पनि व्यवस्था हुनुपर्दछ । अनलाइन कारोवार सेवा वास्तवमै गुणस्तरीय सेवा हो भन्ने विश्वास जगाउन अनलाइन कारोवारी आफै अगाडि बढ्दा यो सेवाले धेरैको मन जित्न सक्नेछ ।

५.अनलाइन कारोबारलाई विधिवत रुपमा सञ्चालन गर्न दिने र ठगी गरी भाग्न नसक्ने अवस्थाका लागि आवश्यक धितो जमानी रहनु पर्ने लगायतका नियमहरु जरुरी हुन्छ । उसका कारोबारहरु पारदर्शी राख्न र अवैध कार्य हुन नदिन पनि सम्बन्धित निकायको नियमित रेखदेख आवश्यक रहन्छ । अनलाइन सेवालाई उपभोक्ता हितमा उपयोगका लागि विश्वसनीय बनाउन सम्बन्धित सबैको ध्यान पनि जानु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width