१. नेपालमा होम स्टेका परिकल्पनाकार पूर्व सांसद क्याप्टेन रुद्रमान गुरुङको गत शनिबार काठमाण्डौमा निधन भयो। उन ८६ वर्षका थिए। केही वर्षदेखि उनी विभिन्न रोगहरुबाट पीडित भई पोखरामा आफ्नो निवासमा रहँदै आएका थिए। उपचारको क्रममा उनलाई काठमाडौंको हिमाल नर्सिङ होममा लगिएको थियो। त्यहीँ उनको निधन भएको थियो।
२. उनी स्याङ्जा निवासी थिए। स्याङ्जाको सिरुवारीमा जन्मेका उनले सिरुवारीलाई ग्रामीण पर्यटकीय गाउँ बनाउन नेपालमा नै पहिलो पटक होम स्टेको अवधारणा ल्याएका थिए। आज ग्रामीण पर्यटनको कुरा गर्नासाथ सिरुवारी सम्झिन्छ भने होम स्टे भन्नासाथ रुद्रमान गुरुङको स्मरण हुन्छ। सिरुवारी अहिले नमूना गाउँको रुपमा चर्चित छ।
३. उनी स्विट्जरल्याण्ड पुग्दा एक जना गाउँलेले आफ्नो जग्गामा कटेजहरु बनाएर पर्यटकहरु राखेको देखेका थिए। त्यो दृष्यले उनलाई आफ्नो गाउँमा पनि त्यस्तो किन नगर्ने भन्ने प्रश्न उत्पन्न भयो। त्यो प्रश्नले घच्घर्च्याइ रहेको बेला उनले एक अष्ट्रेलियन नागरिक टोनी पारलाई भेटे। उनीहरुबीच कुराकानी भएपछि २०५४ सालदेखि सिरुवारीलाई पर्यटकीय गाउको रूपमा विकास गर्ने निधो भयो र त्यही अनुसार गाउँको विकास भएको हो।
४. समाज सेवामा अत्यधिक रुचि राख्ने उनले त्यसअघि गाउँमा वृक्षरोपण गर्ने, बाटो घाटो, खानेपानीको व्यवस्था गर्ने काम गर्दै आएका थिए। उनले २०२४ मा नै बुद्ध आमा समूह गठन गरी, त्यो समूह र स्थानीय क्लबमार्फत विकास निर्माणका काम गर्ने गरेका थिए। वन संरक्षणमा पनि उत्कृष्ट ठहरिएका थिए र एक लाख नगदसहित पुरस्कृत भएका थिए।
५. उनी धार्मिक प्रवृत्तिका व्यक्ति थिए। उनले सिरुवारीमा धमोर्दय सभाको शाखा पनि गठन गरे। धमोर्दय सभामार्फत उनले त्यहाँको पुरानो बुद्ध गुम्बाको पुनः निर्माण गरे। उनी २०४८ सालमा स्याङ्जा क्षेत्र नं. १ बाट सांसद निर्वाचित भए। उनी पहिलेदेखि नै नेपाली काङ्ग्रेसको निष्ठावान संगठन कर्ता थिए।
६. सांसद भएर पनि उनले धेरै विकास निर्माणका काम गरे। त्यसबेला उनले स्याङ्जामा सर्वाधिक बढी झोलु·े पुन निर्माण गरी नाम कमाएका थिए। एक सैनिक जीवन बिताएर क्याप्टेनसम्म भएका व्यक्तिले जे जसरी विकास निर्माण र सामाजिक काम गरे, त्यो एक उदाहरण भएको छ।
७. उनी सरल थिए। सादा जीवन उच्च विचार गर्नु उनको विशेषता थियो। उनी सबैसँग मिल्दथे र नयाँ-नयाँ कुरा सिक्थे। उनले समाजको लागि धेरै गरे। उनको अनुभव पछिसम्म खटि्करहने छ। उनको त्यो महत्वलाई दृष्टिगत गरी नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। उनको महत्व बुझेर यस्तै राम्रा काम गर्ने उत्प्रेरण अरूलाई पनि मिलोस्।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१