हङकङबाट हालै अवैधरुपले नेपाल भित्रिएको एक क्विन्टल सुनकाण्ड जति पछि भयो, उति बढी चर्चित भएको छ । एकै खेपमा एक क्विन्टल सुन तस्करी गरिएको घटनालाई सर्वसाधारणले सामान्य किसिमले पचाउन सकेका छैनन् । नेपालको इतिहासमा यो सर्वाधिक ठूलो परिमाणको सुन काण्ड हो । त्यसैले यसमा कुनै न कुनै रुपमा राजनीतिक व्यक्ति जोडिएको हुनुपर्दछ भनेर जनताले नेताहरूतिर शंकाको दृष्टिले हेरिरहेका छन् । उता प्रमुख प्रतिपक्षी पार्टी एमालेले त्यस्तै शंका गरेर सरकारले मात्र यसको छानबिन गर्न सक्दैन भनेर उच्च स्तरीय छानबिन समितिको माग गरेर संसदमा अवरोध गरेको छ, एमालेले छानबिन समितिको माग गर्दै संसदमा नाराबाजी गर्दै बेल घेराउ गरिरहेको छ । यी पंक्ति लेखिँदासम्म संसदको बैठकको अवरोध हटेको छैन ।
देशमा यति ठूलो परिमाणमा सुन तस्करी हुँदा हल्ला नचल्ने त कुरै भएन । प्रहरीले ट्याक्सी ड्राइभरदेखि भन्सारका कर्मचारी र चीनीया र भारतीय नागरिक समेतलाई पक्राउ गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान जारी रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अपराधी नछुट्न् भनेर निर्देशन दिएका छन् । तैपनि मानिसहरू त्यसमा विश्वास गर्न सकेका छैनन् । काठमाडौंमा बिहान अमुक व्यक्तिलाई अनुसन्धानको घेरामा राखेको हल्ला हुन्छ भने बेलुका फेरेर कसैलाई सोधपुछका लागि प्रहरीले लगेको हल्ला हुन्छ । हल्ला गर्नेले हल्ला गरिरहेका छन् । त्यो हल्लाले कतिपय नेताहरूलाई स्पष्टीकरण दिर्नुपर्ने अवस्थामा पनि पुर्याएका छन् ।
एमालेले संसदको बैठक अवरोध गरेका कारणले पनि विषयवस्तुको गम्भीरता प्रष्ट गर्दछ, घटना गम्भीर छ, त्यो मान्नु पर्दछ । तर एमालेले पटक–पटक अन्य घटनाहरूमा पनि संसदको बैठक अवरोध गर्ने गरेकाले त्यसले त्यत्ति गम्भीरता लिन नसकेको अनुभव गरिएको छ । त्यति गम्भीरता लिन नसकेको अनुभव गरिएको छ । फेरि बैठक अवरोध गर्नु नै त्यसको एक मात्र बाटो होइन । संसदलाई चालु राखेर पनि अनुसन्धानलाई नजिकबाट नियालिरहन सकिन्छ । सरकारले अनुसन्धानको क्रममा तलमाथि केही गर्न खोजे अथवा सुन काण्डका नाइकेलाई छुट दिन खोजे संसद मै बोलेर पर्दाफास गर्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
श्रीकृष्णको महिमा अपरम्पार
फरक फरक मापदण्ड नबनाऊ
प्राज्ञहरूको पोखरा घोषणापत्र
ओलीको १०२ वर्ष नेतृत्व गर्ने विचार
भानुभक्तको योगदानको चर्चा
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०