सार्क र नेपाल

सम्पादक
असार ११, २०७६

१. हामीले धेरै आवश्यक सम्झेको, धेरै वर्षको प्रयासले स्थापित भएको तथा महत्वपूर्ण भनेर प्रशंसा गर्ने गरेको एउटा संस्थाहो–दक्षिण एशियाली सहयोग संगठन (सार्क)। सार्कको माध्यमबाट यस क्षेत्रमा शान्ति स्थापना हुने र आपसी सहयोगबाट विकास हुने आशा अपेक्षा गरिएको थियो।

२. अहिले सार्कको अध्यक्ष नेपाल छ। सार्कको सम्मेलन नभएको धेरै भएको छ। किन सम्मेलन भएन भन्दाभन्दै सार्कको भविष्यमा प्रश्नचिन्ह उत्पन्न भएको छ। भारतले सार्क नचाहेको कुरा बाहिर आउन थालेको छ। त्यसले केही वर्षदेखि विमस्टेकलाई महत्व दिन थालेको छ। त्यसले सार्कको विकल्पमा विमस्टेकलाई अगाडि लैजान खोजेको चर्चा त हुने गरेको थियो। तर हामीले सार्कको विकल्प विम्स्टेक हुन सक्दैन भन्दै रह्यौं र विमस्टेकको सदस्यता पनि ग्रहण गर्यौँ।

३. अहिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधि सभाको बैठकमा नेपालले चाहेर मात्र सार्क सम्भव नभएको अभिव्यक्ति दिनु भयो। उनको त्यो अभिव्यक्ति आएपछि हामी दक्षिण एशियाली परराष्ट्र नीतिमा कहाँ रहेछौं भन्ने प्रश्न उत्पन्न भएको छ। उनले सार्कको अध्यक्षको हैसियतले आगामी शिखर सम्मेलनको लागि पहल गरिरहेको पनि बताए।

४. सार्क गठन गर्ने बेलामा पनि भारतले पछि मात्र सम्मेलनमा सहभागी हुने निर्णय गरेको थियो। अर्को शब्दमा भन्ने हो भने सार्क देशका जोडवलले त्यसले त्यो निर्णय गरेको थियो। उहिले अरुको जोडबल चल्दथ्यो भने अहिले भारतको व्यवहार यत्ति प्रभावकारी भएको देखियो कि सार्कको अस्तित्वमा प्रश्न चिन्ह उत्पन्न भयो।

५. सार्कको अध्यक्ष भएर पनि नेपालले प्रभावकारी भूमिका निर्वाह गरेको देखिएन। परराष्ट्र मन्त्रालयलाई त्यत्ति महत्वको नै संझिएन। राजदूत नियुक्तिमा पनि योग्यता, दक्षता, विषय विज्ञताको कुनै ख्याल गरिएन। दूतावास पनि कार्यकर्ताको भर्ती केन्द्र जस्तै भयो। जसको कारण हामी किंकर्तव्य विमूढको अवस्थामा रहनु पर्ने अवस्था आयो।

६. आर्थिक उन्नति गरेका देशहरु आक्रामक शैलीमा अघि बढिरहेका छन्। तिनीहरुमध्ये स्वार्थ मिल्ने देशहरुले आ–आफ्नो संगठन बनाएका छन् र त्यसलाई विस्तार गदैर्छन्। तिनीहरुको त्यो आक्रामक शैलीले भोलि हामीलाई अप्ठ्यारोमा पार्ने सम्भावना छ। तर हाम्रो सरकारले त्यसलाई त्यत्ति गम्भीर किसिमले लिएको देखिँदैन।

७. सार्कका सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीको टिप्पणी निराशाजनक छ। त्यस्तो निराश हुनु हुँदैन। संकटकै बेलामा हो आफ्नो चातुर्यता, कलाकौशल र विशिष्टता प्रदर्शन गरेर समस्याले समाधान गर्ने। वी.पी. कोइराला प्रधानमन्त्री हुँदा मुस्ताङ काण्डमा र सगरमाथाको विवाद हुँदा आफ्नो कुटनीतिक चातुर्यता र बौद्धिकता प्रदर्शन गरेका थिए। उनको त्यही कुराको प्रभावले गर्दा भारतले आफ्नो उत्तरी सीमा हिमालय हो भनी अभिव्यक्ति दिएकै भोलिपल्ट त्यो अभिव्यक्ति फिर्ता गरेको थियो। विरासतका यस्ता कुरालाई स्मरण गर्नु पर्दछ र विशेषज्ञ एवं अनुभवीहरुको राय सल्लाह लिएर काम गर्ने बानी बसाल्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width