सागको सफलता

सम्पादक
मंसिर २६, २०७६

१. नेपालमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न भएको छ। अधिकांश खेलको आयोजना काठमाडौंमा भएको थियो भने केही खेल पोखरा र जनकपुरमा पनि भएको थियो। यो आयोजना खेलकुद जगतमा लामो समय स्मरणीय रहिरहने छ।

२. यो आयोजना मुख्यतया दुई किसिमबाट स्मरणीय रहिरहने अनुमान गरिएको छ। एक त नेपालले यो आयोजना यति भव्य रुपले सम्पन्न गर्न सक्ने कुरामा नै शंका गरिएको थियो। २०७२ सालमा आएको भूकम्पले काठमाडौंको दशरथ रंगशाला बीभत्स किसिमले बिगारेको थियो भने पोखरा रंगशालाको अवस्था पनि त्यस्तै थियो।

३. रंगशालाहरु शून्यबाट शुरु गरिएको जस्तै भएको थियो। तैपनि आयोजकहरुले रातदिन काम गरेर रंगशाला तैयार गरेका थिए। यसको अर्को सफलता नेपालले ५० ओटा स्वर्ण पदक जित्ने जुन लक्ष्य राखेको थियो, ५१ ओटा स्वर्ण पदक जितेर लक्ष्य पार गरेको थियो। स्वर्ण, रजत र काँस्यपदक गरी नेपालले २०६ पदक जितेको थियो।

४. पदक तालिकामा भारत पहिलो भएको थियो भने नेपालले दोस्रो स्थान प्राप्त गरेको थियो। ७ राष्ट्रका खेलाडीहरुको प्रतिस्पर्धामा दोश्रो स्थान प्राप्तगर्न सक्नु ठूलो कुरा हो। प्रतिस्पर्धामा श्रीलंका ४०, पाकिस्तान ३१, बंगलादेश १९ र माल्दिभ्सले १ स्वर्ण जितेका थिए भने भुटानले रजत र काँस्यपदक गरी २० ओटा पदक जितेका थिए।

५. भुटानले फाइनल खेलमा उत्कृष्ट खेल देखाएको थियो। भुटानलाई जित्न नेपाललाई कठिन भएको थियो। कडा प्रतिस्पर्धाको खेलमा नेपाली फुटबल खेलाडीहरु २–१ को जित हासिल गरेको थियो। फुटबल खेल जित्न नेपालको लागि प्रतिष्ठाको विषय भएको थियो।

६. नेपालका पौडी खेलाडी गौरीका सिंहले ४ स्वर्ण, २ रजत र ३ काँस्य जितेर चर्चित कीर्तिमानी भएकी थिईन्। कराँतेका मण्डेकाजी श्रेष्ठ तोक्वान्दोकी आयशा शाक्य, र गल्फका सुभाषतामाङले २/२ ओटा स्वर्ण जितेका छन्। अरु धेरै खेलाडीहरुले रिकर्ड राखेका छन्। तालिकाको कुरा गर्दा यो पनि उल्लेखनीय छ कि यस पटक पुरुषले भन्दा महिला खेलाडीले धेरै स्वर्ण पदक बटुल्न सफल भएकाछन्।

७. १३ औं दक्षिण एशियाली खेलकुदको दश दिनसम्म प्रतिस्पर्धा भयो। सानोतिनो कमीकमजोरी र व्यवस्थापनको साधारण गल्ती आदिलाई पन्छाएर भन्ने हो भने यो पूर्ण रुपले सफल भएको छ। यसले खेलकुद जगतमा नेपालको नाम उज्वल बनाएको छ। नेपालीले चाहयो भने गर्न सक्छन् भन्ने यसले प्रष्ट देखाएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width