सरकारबाटै संविधानको अवहेलना

सम्पादक
भाद्र २०, २०८१

देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो । प्रजातन्त्रका साथ सबै सम्भावनाका ढोका खोलेको थियो । तर राजनीति सिधा बाटो गएन । प्रजातन्त्रमा पनि अनेक बाधा अवरोध तेर्सिए । फेरि आन्दोलन गर्नुपर्ने भयो । २०४६ सालमा पञ्चायती व्यवस्थाको विरुद्धमा एउटा आन्दोलन भयो भने २०६२÷०६३ मा अर्काे आन्दोलन भयो । ती प्रत्येक आन्दोलनमा दलित, महिला अल्पसंख्यक मुसलमान लगायत पिछडिएका आदिवासी जनजातिले पनि सहभागिता जनाएका थिए । ती सबैको सक्रिय सहयोगले ती आन्दोलन सफल पनि भए । त्यसरी आन्दोलन सफल भएपछि नेताहरुले ती सबै जातजाति वर्ग र समूहलाई अवसर दिनु पर्दछ भनी समावेशी र समानुपातिक सिद्धान्त अपनाए । कोटाको व्यवस्था पनि गरे । संविधानमा ती कुरा उल्लेख पनि छ ।

संविधान बनेर लागु भएको बेला समावेशी र समानुपातिकको सिद्धान्त लागु गरिएको थियो । महिलाहरुले ३३ प्रतिशतको आरक्षण पाएका थिए । त्यस्तै, अन्य जातजाति वर्ग समूहहरुले पनि आन्दोलनको प्रसादस्वरुप केही पाएका थिए । परिवर्तनको स्वाद चाखेका थिए । त्यो व्यवस्थाले पिछडिएको वर्गको अवस्थालाई स्पर्श गरेको थियो तर केही हुन लाग्नासाथ त्यसमा ग्रहण लाग्यो । ती वर्गले हिजो आन्दोलनमा सक्रिय सहयोग गरेको कुरा नीति निर्माताले भुल्दै गए । त्यो भुलेअनुसार समानुपातिक र समावेशीताको सिद्धान्तलाई पनि बेवास्ता गरे । दलित र पिछडिएकाको माग राज्य सत्तामा बस्नेहरुले उपभोग गर्न थालेपछि समाजमा फेरि असन्तोषको अवस्था चर्किंदै गएको छ । नेताहरुको खुल्लमखुला आलोचना हुन थालेको छ ।

अहिले कही पनि कसैले छुट्याएको कोटा अनुसारको भाग पाएका कतै पनि छैनन् । संसद्, मन्त्रिपरिषद्, पार्टीका केन्द्रीय कार्यसमिति आदि कतै पनि दलित, आदिवासी जनजाति, महिला आदिको उचित प्रतिनिधित्व छैन । त्यस्तो अवस्थामा त्यो वर्गले चित्त दुखाउनु स्वाभाविकै हो । यत्तिसम्म कि अहिले सरकारले १८ जना राजदूतहरु बनाउने निर्णय गरेको छ । त्यो निर्णय गर्नेबेलामा पनि सरकारले ती दलित पिछडिएका आदिवासी जनजातिहरुलाई सम्झेनन् । सरकारले संविधानको ‘स्प्रिरिट’लाई वास्ता नगरे पनि संसदीय सुनवाइ गर्ने समितिले केही ख्याल राख्नुपर्ने हो, त्यसले पनि ध्यान देलाजस्तो देखिँदैन । अबदेखि गर्ने भनेपछि सबै बाटो खुल्ने अवस्था छ । यसो गर्नु संविधानको खुल्लमखुला अवहेलना हो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…

hero news full width