प्रतिनिधि सभाको निर्वाचनमा कुनै एक पार्टीको बहुमत नआउने भएपछि अब बन्ने सरकार स्थिर होला कि अस्थिर होला भन्ने बहस चल्न थालेको छ । निर्वाचन परिणामले अहिलेसम्म नेपाली कांग्रेसले ५३ सिटमा विजय र २ मा अग्रता तथा एमालेले ४३ स्थानमा विजय र १ मा अग्रता भएको देखाएको छ । ती दुवै ठूला पार्टीको एकल बहुमत पुग्ने अवस्था छैन । समानुपातिकको मतपत्र पनि गन्ने काम भएको छ । समानुपातिकको भोट जोड्दा पनि एकल बहुमतको आशा छैन । ती दुई ठूला पार्टीबाहेक अन्य पार्टीहरुमा माओवादीको १७ र एकीकृत समाजवादीको १० सिट आएको देखिन्छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी प्रत्येकले ७/७ सिट रिजर्भ गरेका छन् भने अन्य पार्टीले ५ भन्दा कम सिटमात्र ल्याएका छन् । प्रतिनिधि सभाको यही स्थितिलाई देखेर देश अझ पनि अस्थिरतातिर जाने आकलन गरिएको छ ।
सांसदहरुको गणितीय स्थितिले निश्चय नै आशालाग्दो भविष्यको संकेत गर्दैन । तर त्यो संकेत गर्दैन भने तापनि हामीले आफ्नो प्रयास छोड्नु हुँदैन । विगततिर फर्केर हेर्दा एकल बहुमतको सरकार पनि पूरा अवधि गरिरहेको हामीले देखेका छौं । एमाले र माओवादी मिलेर चुनाव लड्दा करिब दुई तिहाइ बहुमत ल्याएको थियो । तर त्यो दुई तिहाइले पनि स्थिर सरकार दिन सकेन । केपी ओली र पुष्पकमल दाहालबीचको मतभेद, वैमस्यता र कलहले पार्टी चिराचिरा भयो भने सरकार विघटन भयो । यस किसिमले सोच्दा स्थिर र अस्थिर सरकार भनेको कुरा संसदको अंकगणितमा मात्र पनि आधारित हुँदैन रहेछ भन्ने कुरा हामीलाई विगतका घटनाहरुले देखाएका छन् ।
नेतृत्वमा बस्नेहरुको प्रवृत्ति, सहकर्मीहरुसँग गरिने व्यवहार, त्यो व्यवहारमा अपनाउने लचकता र उदारता आदिले पनि सरकारको आयु निर्धारण गर्दछ । सहनशीलता र सरकारलाई जसरी भए पनि पूरा अवधि टिकाउँछौं भन्ने भावनाले पनि यस क्षेत्रमा धेरै काम गर्दछ । यस्ता भावनाका कुराको चर्चा परिचर्चा गर्दा अर्को महत्वपूर्ण कुरा के पनि देखिन आउँछ भने सरकारदेखि बाहिर रहेका प्रतिपक्षी दल र सांसदहरुको पनि यस क्षेत्रमा उत्तिकै ठूलो भूमिका रहन्छ । तिनीहरुको सकारात्मक एवं सहयोगात्मक भावनाले सरकार टिकाउने काम गर्दछ । अहिले हाम्रो देशमा आश लाग्दा नयाँ पार्टीहरु आएका छन् । तिनीहरुले सरकार दायाँ–बायाँ लाग्न थाले घन्टी बजाएर ठीक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वास्तवमा सरकार गठन गर्ने, विघटन गर्ने काम नै सांसदहरुको हो । त्यसो भएकाले नयाँ सांसदहरुले विवेकसम्मत काम गरेर स्थिति कायम राख्ने अपेक्षा गरिन्छ ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९