सरकारको बजेट

सम्पादक
जेठ १७, २०७६

१. अर्थमन्त्री डा.युवराज खतिवडाले वर्ष २०७६/०७७ को लागि सरकारको आयव्ययको हिसाब र बजेट संघीय संसदमा प्रस्तुत गर्नु भएको छ। अर्थमन्त्री खतिवडाले प्रस्तुत गर्नु भएको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको छ। शुरुमा १२ खर्बको बजेट आउने भनिएता पनि सो रकम बढ्दै १५ खर्ब भन्दा बढी हुन गएको हो।

२. बजेट तर्जुमा गर्ने बेलामा हाम्रो महत्वाकांक्षा बढ्छ। यो पनि बनाउने, त्यो पनि बनाउने भन्दै धेरै काम गर्ने विचार गर्छौ। त्यसरी विचार गर्ने बेलामा हामीले आफ्नो खर्च गर्ने क्षमताको ख्याल गदैनौ। तर जब कार्यान्वयनको अवस्थामा पुग्छौं। अनि हाम्रो क्षमताको परीक्षा हुन्छ। वैशाख जेठ महिनामा पुग्दा विनियोजित रकमको ५० प्रतिशत मुस्किलले खर्च गरेका हुन्छौं।

३. जेठ र असार महिनामा पुग्दा हामी आत्तिन्छौं। अनि रकमान्तर गरेर हुन्छ कि के गरेर हुन्छ बढीभन्दा बढीखर्च गर्छौ र खर्च गर्न प्रेरित गर्छौ। आषाढ महिनामा बजेट पेश गर्दा त्यस्तो स्थिति भएको हो भनी जेठ १५ गते पेश गर्ने गरियो। जेठ १५ गते बजेट पेश गर्दा पनि हाम्रो प्रवृत्तिमा परिवर्तन भएन। यो आर्थिक वर्षमा पनि हाम्रो अवस्था त्यस्तै छ।

४. अर्थमन्त्रीले बुधबार संघीय संसदमा पेश गरेको बजेट वितरणमुखी भएको छ। यसमा बृद्ध भत्ता बढाइएको छ। सामाजिक सेवाका अन्य मात्राहरु पनि बढाइएको छ। कर्मचारीहरुको तलब भत्ताबढाइएको छ। पैसा हातमा पर्ने सबै व्यक्ति र वर्ग खुशी भएका छन्। त्यसरी खुशी पार्न सक्नु त्यो बजेटको विशेषता हो।

५. यो बजेटले नयाँ ठूला आयोजना र परियोजनाको कल्पना गरेको छैन। विगतमा संचालित योजनाहरुलाई निरन्तरता दिने काम गरेको छ। अर्थमन्त्रीले आगामी वर्ष वृक्षरोपण वर्ष मनाउने घोषणा गरेको छ, तर बजेटमा वातावरणमा विनियोजित रकम घटाइएको छ। यो चालू वर्षमा १६ अर्ब ६८ करोड छ भने आगामी वर्षको लागि १५ अर्ब ४९ करोड मात्र छुट्याइएको छ।

६. सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ। तर त्यही क्षेत्रलाई पर्याप्त रकम विनियोजित गरिएको छैन। छुट्टै पर्यटन मन्त्री नभएकोले पनि यस्तो स्थितिआएको अनुमान गरिएको छ। सरकारले रुग्ण उद्योगको कुरा त गरेको छ। तर सरकारी स्वामित्वमा रहेको वर्षौ वर्षदेखि बन्द भएको कलकारखानाबारे प्रष्टगरिएको छैन।

७. सरकार यस्तो महत्वपूर्ण कुरामा अनिर्णयको बन्दीभएर लामो समय बस्नु हुँदैन। उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने तथा निर्यात बढाउने कुरामा तत्परता देखाउनै पर्दछ। व्यापार घाटा प्रत्येक महिना बढ्दै गएको छ। त्यो घाटा पूर्ति गर्ने उपाय छिट्टै सोच्नु पर्दछ। शोधनान्तर स्थिति राम्रो नभएसम्म आर्थिक स्थिति राम्रो मानिँदैन। हाम्रो आर्थिक स्थिति राम्रो छैन। त्यो स्थिति सुधारेर आर्थिक पक्ष सबल र सक्षम बनाउनु आजको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width