समृद्धिको मार्गमा अवरोध

सम्पादक
पौष ३०, २०७४

१. संविधानको कार्यान्वयनका साथ देशको अन्तरिम काल समाप्त भएको छ। नेताहरुले अब आफ्नो ध्यान राजनीतिमा नभई आर्थिक विकासमा केन्द्रित गरी देशलाई समृद्धितिर लग्ने बताइरहेका छन्। स्थायी सरकार र समृद्धिको नाराले जनता सबै ठूलो आशा र अपेक्षा राखेर समृद्धिका लागि सरकारले के कस्तो कदम चाल्ला भनेर उत्सुकतापूर्वक प्रतीक्षा पनि गरिरहेका छन्।

२. समृद्धिको मार्गमा भ्रष्टाचार सबभन्दा ठूलो अवरोध हो। भ्रष्टाचार निर्मूल गर्नु पर्दछ भन्ने कुरामा सबैको एक मत छ। भ्रष्टाचार निवारण गर्न धेरै कानूनहरु पनि छन् , निकायहरु छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, सबै छ।

३. ती सबै भएर पनि भ्रष्टाचार निवारण भएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यदा कदा भ्रष्टाचार गरेको आरोपमा २/४ जना कर्मचारीहरुलाई समात्ने गरेका छन्। तर त्यसले त्यसरी समात्ने गरे तापनि भ्रष्टाचार कम भएको छैन। बरु भ्रष्टाचारको रकम बढ्दै गएको सेवाग्राहीहरुको शिकायत छ।

४. भ्रष्टाचार निवारण गर्ने काममा लागेका भुक्तभोगीहरु भ्रष्टाचार गरेको आरोपमा तल्ला तहका कर्मचारीहरुलाई मात्र समातेर भ्रष्टाचार निवारण हुँदैन भन्ने निचोडमा पुगेका छन्। उनीहरुका अनुसार ठूल्ठूला कर्मचारीहरुबाट ठूल्ठूला भ्रष्टाचार हुन्छन्। उनीहरुका अनुसार सरकारमा बस्ने नेताहरुबाट अरु ठूला ठूला भ्रष्टाचार भएका छन्। तर उनीहरुतिर आँखा लगाउने कोही छैनन्। ठूलो मुहानतिर ध्यान नदिने सानो मुहान टालटुल गरेर भ्रष्टाचार निवारण गर्न खोजेर कहिले निवारण हुँदैन।

५. देशलाई समृद्धिको दिशामा लग्न आर्थिक अनुशासनलाई मजबूतका साथ लागू गर्नुपर्दछ। आर्थिक अनियमितता रोक्नु पर्दछ। त्यो नरोकेसम्म समृृद्धिको नारा मुखले जति पटक भनेता पनि व्यवहारमा देश समृद्धिको मार्गमा जान सक्दैन। नारा त विगतमा पनि हामीलाई कहिले कमी भएन। तर व्यवहारमा देशको विकास भएन।

६. आर्थिक अनियमितता र समृद्धिको कुरा गर्दा दुर्इटा ठूल्ठूला कुरा सबैले सम्झने गर्दछन्। एउटा एनसेल प्रकरण र अको अजय सुमार्गीको अवैध धन ।एनसेल प्रकरणमा ठूलो धनराशि देशबाहिर जाँदैछ भने अर्काे अवैध धन बाहिरबाट भित्रिँदैछ । समृद्धितिर देशलाई डोर्‍याउन चाहनेहरु कोही पनि यसमा त्यत्ति गम्भीर र चिन्तित देखिएका छैनन्।

७. हामी न अवैध धन भित्र्याएर समृद्ध हुन सक्छौँ, न कि देशको धन बाटो खोजी खोजी बाहिर पठाएर विकसित हुन सक्छौँ। समृद्धितिर जाने नै हो भने यी दुवैलाई र यस्ता अरु कामलाई रोक्नु पर्दछ। यसमा सम्बन्धित संस्थाहरुले पुनर्विचार गर्नुपर्दछ। नेताहरु यसमा विशेष सजग र सतर्क हुनुपर्दछ। अवैध भनेको अवैध हो। अवैध काम रोक्नु आजको आवश्यकता हो र प्राथमिकता हो।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width