मुग्लिन पोखरा सडक विस्तारको काम सुरु भएको २ वर्ष भइसकेको छ । तर काम भने निकै धिमा गतिमा भइरहेको छ । जसका कारण स्थानीय बासिन्दाका साथै सडकबाट वारपार गर्नेहरू निकै मारमा परेका छन् । स्थानीयलाई धुलो र हिलोको सास्ती, यात्रीलाई भनेको समयमा गन्तव्यमा पुग्न नपाएर झन्झट । बाटो चाक्लो होला, यातायात आवागमनमा सहज होला भनेर बसेका सर्वसाधारणलाई ठेकेदार कम्पनीको कार्यशैलीले दिक्क बनाएको छ । यसबाट नेपालको प्रशासनिक र राजनीतिक नेतृत्वमाथि पनि प्रश्नचिह्न खडा भएको छ । अनुगमन र मूल्यांकन गर्ने जिम्मा त नेपाल सरकार र मातहतका कार्यालयलाई छ । भत्काउने बेलामा सबैतिर भत्काउने, अस्तव्यस्त बनाउने अनि निर्माणको काम निकै धिमा गतिमा गर्ने गरिएको छ । कहिले स्थानीयको अवरोध, कहिले निर्माण सामग्रीको अभाव त कहिले विद्युत प्राधिकरणको असहयोगलाई कारण बनाइएको छ । यी सबै अब वहाना जस्ता लाग्न थालेका छन् ।
यो आयोजनालाई मुख्यगरी २ भागमा बाँडिएको छ । मुख्यखण्ड भनेको मुग्लिनदेखि जामुने एउटा र जामुने पोखरा अर्को खण्ड हो । मुग्लिन जामुने खण्डको काम अलि देखिँदा पश्चिम खण्डको कामको प्रगति त्यति पनि हुन सकेको छैन । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको सडक निर्माणका चीनको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रसन २०७८ जेठ २ गते ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा निर्माण सम्झौता गरिएको थियो । एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा बन्न लागेको उक्त सडकको प्रगति भने ८ प्रतिशतमा सीमित रहेको छ । सडकको पूर्वी खण्डको प्रगति भने २० प्रतिशत छ । मुग्लिन–जामुनेसम्मको ४१ किलोमिटर सडकका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग २०७७ माघ १७ गते ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
विकासको नमुना हेर्न चीन जानू भन्ने कहावत नै बनेको छ । तर त्यही देश चीनका कम्पनीले ठेक्का पाएको आयोजनाको काम किन समयमा हुन सकेको छैन त? यो निकै सोचनीय विषय हो । चिनीया कम्पनीले ठेक्का पाएको नारायणगढ मुग्लिन सडक खण्डको अवस्था पनि उस्तै छ । बनाएर बुझाइसक्नुपर्ने बेला भयो तर काम जस्ताको तस्तै बाँकी नै छ । बर्खाको बेला छ, कहिलकाहीं त पोखरेलीहरू नाकाबन्दीमा परेजस्तो हुन्छन् । अर्बौं खर्चेर बनाइएको एअरपोर्टमा भनेको समयमा उडान हुँदैन, बाटोको अवस्था दयनीय छ । निर्माणाधीन अवस्थामा रहेकाले कतिबेला कहाँ पहिरो जाने हो ठेगान छैन । पृथ्वी राजमार्ग त अस्तव्यस्त नै भयो । उता सिद्धार्थ राजमार्गको अवस्था पनि कहाँ गतिलो छ र ? दशकौं अघि बनाइएको रामदीको पुल जीर्ण भइसकेको छ । ठूला मालवाहक ट्रकहरू त्यो पुलबाट आउन जान पाउँदैनन् । जसका कारण बुटवलबाट पाल्पा हुँदै स्याङ्जातिर सामान ल्याउन अहिले निक अप्ठेरो छ । वैकल्पिक भनिएका सडकको अवस्था पनि बेहाल छ । निर्माणको कामलाई गति दिनुबाहे यो समस्याको विकल्प अरु छैन ।
Related News
सम्बन्धित समाचार
श्रीकृष्णको महिमा अपरम्पार
फरक फरक मापदण्ड नबनाऊ
सुनकाण्ड र संसद अवरुद्ध
प्राज्ञहरूको पोखरा घोषणापत्र
ओलीको १०२ वर्ष नेतृत्व गर्ने विचार
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०