१. भारतका ख्यात्रि्राप्त योग तथा आध्यात्मिक गुरु श्री श्री रविशंकर चार दिने भ्रमणका लागि नेपाल आएका छन्। म·लबार काठमाडौं आएका उनले आफ्नो भ्रमणको क्रममा पोखरा, विराटनगर र धरानमा आयोजित कार्यक्रममा सहभागिता जनाउनेछन्। बिहीबार मुक्तिनाथको दर्शन गरेपश्चात् उनले पोखरामा आयोजित सत्स· कार्यक्रममा जीवन जिउने कलाको प्रशिक्षण दिनेछन्।
२. भारतमा योग, ध्यान र अध्यात्मको प्रशिक्षण दिने महत्त्वपूर्ण् तीनजना गुरु देखा परेका छन्। ती तीनजनाको शाखा, प्रशाखा विश्वका विभिन्न भागमा फैलिएका छन्। उनीहरू हुन्- आचार्य रामदेव, कल्याण मित्र सत्यनारायण गोयन्का र श्री श्री रविशंकर। त्यस्तो महत्त्वपूर्ण् व्यक्तिको आगमन हुनु खुशीको कुरा हो।
३. उनले काठमाडौंमा राष्ट्रपति डा. रामवरण यादवलाई भेटेका छन्। उनले काठमाडौंको विभिन्न कार्यक्रममा सहभागी भई विशेष प्रवचन पनि दिए। उनले रूपान्तरणका लागि युवा शिविर, समृद्ध नेपालका विषयमा सम्बोधन गरेका थिए। उनको सरोकारको विषय शिक्षा, दुर्व्यसनमुक्त समाज, प्रकृति र वातावरण आदि हुन्।
४. श्री श्री रविशंकर दि आर्ट अफ लिभिङका व्याख्याताका रूपमा चर्चित छन्। उनका अनुयायीहरूले दि आर्ट अफ लिभिङका शाखा प्रशाखा विश्वका १५४ देशमा स्थापना भएको बताएका छन्। नेपालमा पनि महत्त्वपूर्ण् सहरमा त्यसको शाखा छन्। करिब एक दशक पहिलेदेखि पोखरामा पनि शाखा स्थापना गरिएको छ।
५. आज उनको आगमन पोखरामा हुँदैछ। पोखरामा सत्स·का लागि व्यापक तैयारी गरिरहेको छ। आयोजकहरूले आफ्नो तैयारी पूरा भएको अस्ति पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए। प्रचार-प्रसारका लागि मोटरसाइकल र्याली, तुल तथा ब्यानर टाँस्ने काम भएको छ। वसुन्धरा पार्कमा हुने सत्स·मा १० हजार जनाको सहभागिता रहने पनि बताइएको छ।
६. उनको शिक्षा, दीक्षा सबै कुराहरू मानिसलाई तनावमुक्त पार्ने र समाजलाई हिंसामुक्त पार्ने हो। जुन कुरा हाम्रो समाजका लागि आवश्यक छन्। यहाँ अझ पनि हिंसाको वकालत गर्ने र व्यवहार गर्नेहरू छन्। हिंसाका घटना दिनदिनै भइरहेका छन्। तनावबाट आत्तिएका र अस्पतालकै शरणमा जानु परेकाहरूको सङ्ख्या ठूलो छ।
७. यस्तो अवस्थामा श्री श्री रविशंकरको आगमन भएको छ। आउन त उनी यसअघि पनि पटक-पटक नेपाल आएका थिए। तर उनी राजधानी बाहिर गएका थिएनन्। यसपटक पोखरा, धरान र विराटनगर पनि जाने भएकाले यो भ्रमणलाई महत्त्वका रूपमा हेरिएको छ। यस्तो महत्त्वपूर्ण् व्यक्तिको आगमन र उनले सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमलाई फलदायी बनाउनुपर्दछ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९