शहीदहरुप्रति श्रद्धाञ्जलि

सम्पादक
माघ १६, २०७६

१. माघ १० गतेदेखि हामीले शहीद सप्ताह मनाउँदै आएका छौँ । शहीद सप्ताहको आखिरी दिन आज शहीद दिवस हो । माघ १० गतेका दिन सबभन्दा पहिले शुक्रराज शास्त्रीलाई काठमाण्डौंको पचली घाटको एक रुखमा झुण्ड्याइएको थियो । सबभन्दा पहिले शहीद भएकाले उनलाई शहीदशिरोमणि पनि भन्ने गर्दछन् ।
२. शुक्रराज शास्त्री आर्यसमाजी माधवराज जोशीका सुपुत्र थिए । आर्यसमाजीले त्यसैबेला कर्मकाण्ड मान्दैनथे । अन्धविश्वासमा फँस्दैनथे र पुुरोहितवादको विरोध गर्दथे । उनले आफ्नो छोरा श्ुक्रराजलाई त्यही शिक्षा दिए । शुक्रराज शास्त्रीले भारत वसेर शास्त्री परीक्षा पास गरे । शास्त्री पास गरेपछि उनले आफ्नो नामको प्रत्ययमा शास्त्री लेखेका थिए ।
३. उनले राणकालमा नागरिक अधिकार समिति गठन गरे । उनको नागरिक अधिकार समितिले जनचेतना जगाउने अभियान सञ्चालन गरेको थियो । अर्कोतिर देशमा भूमिगत राजनीतिको अभ्यास हुँदै थियो । त्यो कुरा राणा शासकलाई सह्य भएन र तिनीहरुले मान्छे मारेर डरत्रासको वातावरण बनाए । त्यस क्रममा एकै सातामा गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दले शहादत प्राप्त गरेका थिए ।
४. ती चार जना अमर शहीद मध्ये शास्त्री धार्मिक प्रवृत्तिका थिए भने अरु राजनीतिक व्यक्तित्व थिए । उनीहरुकै बलिदानको कारण २००७ सालको क्रन्ति भएको थियो । त्यो क्रान्तिले १०४ वर्षसम्म एकछत्र शासन गरिरहेको राणाशासनको अन्त्य भएको थियो । त्यसको अन्त्यका साथै २००७ साल फागुन ७ गते प्रजातन्त्रको प्रादुर्भाव भएको थियो ।
५. देशमा प्रजातन्त्र त बराबर आयो तर त्यसको सदुपयोग भएन । नेताहरुले प्रजातन्त्रको नाममा फइदा त उठाए तर देश विकाशको ठोस काम भएन । अहिले सम्म पनि देशको स्थिति त्यस्तै छ । अहिले पनि नेताहरु प्रजातन्त्रको माला जपेर आफ्नो स्वार्थ सिद्ध गर्दैछन् ।
६. हाम्रो देश सानो छ । तर विभिन्न आन्दोलनले गर्दा शहीदको संख्या सयौं पुगेको छ । कुनै बेला दुर्घटनामा परेकोलाई पनि शहीद घोषणा गरिएको खवर पनि सार्वजनिक भएको थियो । त्यसले गर्दा शहीदको अवमूल्यन भएको अनुभव गरिएको छ ।
७. शहीदको सपनालाई ठूलो र महत्वपूर्ण मानिन्छ । हाम्रा शहीदहरुले निश्चयनै राम्रो सपना देखेका थिए । तर त्यसबाट प्रेरणा प्राप्त गरेर काम गर्नेहरुको सर्वथा अभाव भयो । त्यसैकारण शहीद दिवस मनाउनु पनि एउटा कर्मकाण्ड भएको छ । शहीद दिवस मान्ने र मनाउने काममा किन चासो र तत्परता देखाउँदैनन् , यो रहस्यमय भएको छ । हामी ती अमर शहीदहरुको त्याग, तपस्या र योगदानको उच्च मूल्यांकन गर्दै उनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width