शहीदको सपना

सम्पादक
माघ १६, २०७५

१. आज शहीद दिवस । शहीद सप्ताहको आखिरी दिन । शहीद सप्ताह अर्थात् वि.सं. १९९७ सालको माघ १० गतेदेखि १६ गते भित्र अमर शहीदहरु सर्वश्री शुक्रराज शास्त्री, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई राणा सरकारले फाँसी दिएको थियो । त्यसैको संझनामा शहीद सप्ताह र साताको आखिरी दिन शहीद दिवसका रुपमा मनाउने गरिएको छ ।

२. राणा सरकारको अन्याय अत्याचार बढ्दै गएकोले त्यसबेलाका चेतनशील जागरुक नागरिकहरुले राणा सरकारको विरोधमा पम्प्लेट आदि छरेर राजनीतिक संगठन गरेका थिए । टंकप्रसाद आचार्य , रामहरि शर्मा लगायतले संगठनलाई अगाडि बढाउन आफनो ज्यान हत्केलामा राखेर काम गरेका थिए । तर उनीहरुलाई ब्राह्मण भएको कारण ज्यान सजाय दिइएन ।

३. ती अमर शहीदहरुले हाँसी हाँसी आफनो ज्यान अपेर्का थिए । त्यसरी शहीद भएकाहरुबाट धेरै नेपाली जनताले प्रेरणा पाएका थिए । जनता राणाका विरुद्ध लाग्न त्यसै अघि सर्दथे , संगठन बनाउँदथे, नारा जुलुश गर्दथे । देशका महत्वपूर्ण शहरहरुमा शहीदको रगतको प्रभाव राम्ररी देखिएको थियो ।

४. त्यसै बेला भारतमा नेपाली काँग्रेसको स्थापना गरियो । नेपाली काँग्रेसको नेतृत्वमा देशव्यापी आन्दोलन भयो । मातृकाप्रसाद कोइराला, वी.पी.कोइराला लगायतका नेताहरुको नेतृत्वमा संचालित आन्दोलनले सफलता प्राप्त गर्यो । राणा शासनको अन्त्य भयो । वि.सं.२००७ सालमा प्रजातन्त्रको स्थापना भयो ।

५. वि.सं.२००७ सालको आन्दोलनको क्रममा पनि धेरै नेपालीहरुले आफनो ज्यान उत्सर्ग गरेका थिए ।उनीहरुको त्याग तपस्याबाट पनि देशमा छिटो प्रजातन्त्र आएको अनुभूत गरिएको थियो । त्यस बेला शहीदको सपना साकार पार्न उनीहरु लागीपरेका थिए । निःस्वार्थ भावले कर्म गरेका थिए । त्यसबेला उनीहरुको जोश जाँगर र समर्पित भावना उल्लेखनीय थियो ।

६. तर पछि राजनीतिक नेताहरुको स्वार्थी भावनाले गर्दा आफनो पार्टीका कार्यकर्ताहरु जेजसरी मरेको भएपनि शहीद भन्ने गरेपछि शहीदको अवमूल्यन भयो । शहीदको नाममा रकम दिने भएपछि झन शहीद घोषणा गराउन दबाव आउन थाले । शहीदहरु विवादास्पद भए । शहीद पनि यति धेरै भए कि उनीहरुको नाम त के संख्यासम्म उल्लेख गर्न पनि असंभवप्रायः भयो ।

७. शहीद दिवस र शहीद सप्ताह त मान्ने गरियो तर त्यो मान्ने काम काठमाण्डौँमा मात्र सीमित छ । त्यो काम काठमाण्डौँ महानगरपालिकाको जिम्मा दिएको जस्तो छ । पञ्चायतकालको अन्त्यतिर पोखरामा पनि मान्ने गरिएको थियो । तर त्यो पनि निरन्तर भएन । नेताहरुले भाषण गर्दा शहीदको रगत , शहीदको सपनाको खुब प्रशंसा गर्दछन् । तर काम त्यस अनुसार गदैर्नन् । उनीहरुको काम कुरा हेर्दा उनीहरुले शहीदबाट प्रेरणा लिएको पनि देखिँदैन शहीदको सपना साकार पानेर्तिर उनीहरु अग्रसर भएको भए देशको स्थिति यस्तो हुने नै थिएन । देश बिग्रिने नै थिएन । हिजो जे भए पनि अव हामी शहीदको सपना साकार पानेर्तिर जानु पर्दछ । देशको लागि निःस्वार्थ भावले केही गर्नुपर्दछ । यो हाम्रो आवश्यकता हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width