मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, निर्वाचनमा खडा भएका उम्मेदवार र उम्मेदवार हुन नपाएकाहरुको असन्तुष्ट गुनासाहरु सञ्चार माध्यमहरुमा धेरै आइरहेका छन् । राजनीतिक नेताहरुले धनाढ्यहरुलाई उम्मेदवार बनाएको महिलाहरुले प्रत्यक्षमा उम्मेदवार हुन खोज्दा पनि पार्टीहरुले महिलाहरुको स्वरलाई वास्ता नगरिएको आदिवासी जनजाति, पिछडिएका दलितहरुलाई प्राथमिकता दिएर अगाडि बढाउन पर्नेमा त्यतातिर ध्यान नदिएको गुनासो धेरै आइरहेका छन् । नेताहरुले आफ्नै नाता पर्नेहरुलाई छानी छानी उम्मेदवार बनाएका छन् । नेताहरुले आफूसँग विमति राख्नेहरुलाई पन्छाउने यही मौका हो भनेर राजनीतिक हत्या पनि गरेका छन् । विद्रोहका स्वर धेरै सुनिएका छन् । नेताहरुसँग असन्तुष्ट भएर पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या पनि उल्लेख छ । त्यसरी स्वतन्त्र उम्मेदवारी दिनेहरुमध्ये पनि एउटा नाम विशेष उल्लेखनीय छन्, ती हुन् गोरखा–२ बाट उम्मेदवारी दिएका गोरखा सिरानचोकका शताब्दी पुरुष टीकादत्त निरौला । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
उम्मेदवार टीकादत्त निरौला उमेर १ सय वर्ष भएका छन् । उनको अनुभव हेर्ने हो भने उनले २००७ सालमा नेपाली सेनाको जागिर छाडेर मुक्तिसेनामा लागेर युद्ध गरेका थिए । त्यसबेलादेखि अहिलेसम्म पनि उनी राजनीतिमा सक्रिय छन् । तर जिन्दगीमा कहिले कुनै पद लिएनन् । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उनलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका थिए । तर उनले जनताले अझै राम्ररी खान पाएको छैन । हामीले पद लिने बेला भएको छैन भनेर कुनै पद स्वीकारेनन् । त्यस्ता त्यागी तपस्वी शताब्दी पुरुष यस पटक उम्मेदवार बनेका छन्, किन? यो ज्यादै महत्वपूर्ण प्रश्न छ । उनी अहिले पनि राजनीतिमा छन् र नेपाली कांग्रेससँग आबद्ध छन् । तैपनि उनी आफ्नो सम्पूर्ण इतिहासलाई तिलाञ्जली दिएर उम्मेदवार भएका छन् ।
उनी कुनै स्वार्थका लागि उम्मेदवार भएका होइन । केही पाइएला भनेर पनि होइन । उनको उम्मेदवारी असन्तोषको प्रतीक हो । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अत्यन्त निकट मानिएका माओवादीका अध्यक्ष दाहालसँग प्रतिस्पर्धा गर्नुलाई ठूलो च्यालेन्ज सम्झनु पर्दछ । उनको त्यो च्यालेन्ज ती दुवै नेताहरुका लागि हो । गठबन्धनविरुद्धमा हो र कांग्रेसको इतिहास अक्षुण राखी राख्नका लागि हो । उनी माथि धेरै दबाब परिरहे । नेताहरु उनको उम्मेदवारीबाट नाम फिर्ता लिन धेरै प्रयास गरिरहेका छन् । १ सय वर्षमा उम्मेदवार हुनु अत्यन्त दुर्लभ कुरा हो । यो एउटा रेकर्ड पनि हो । यो रेकर्डलाई गिनिज बुकले ध्यान दिनुपर्दछ भन्ने आवाज पनि उठेको छ ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९