व्यङ्ग्यकलाकार वात्स्यायनको सम्मोहन

सम्पादक
चैत्र ५, २०७९

सहरीकरणतिर अघि बढिरहेको पोखरामा दिनहुँ राजनीतिक, धार्मिक, सामाजिक एवं सांस्कृतिक समारोह एवं अनुष्ठान हुने गर्दछन् । ती कार्यहरुले पोखरामा निश्चय नै केही न केही गतिशीलता बढाएको हुन्छ र महत्व बढाएको हुन्छ । त्यस्तै एउटा अनुष्ठान हिजो सम्पन्न भयो । पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा ३२ वटा वाङ्मयिक तथा सामाजिक संघसंस्थाले ख्याति प्राप्त कार्टुनिस्ट एवं कलाकार दुर्गा बराल वात्स्यायनको अभिनन्दन गरे । ती संस्थाले उनी ८१ वर्षमा पदार्पण गरेको उपलक्ष्यमा उनको घरबाट रथारोहण गराएर बजार परिक्रमा गरी विन्ध्यवासिनी मन्दिरको प्रांगणमा अभिनन्दन गरिएको थियो । वात्स्यानको नामबाट परिचित दुर्गा बराल पोखराका ती व्यक्ति हुन्, जो जतिसुकै सम्भावना भए तापनि आफ्नौ जन्मथलो छोडेर अन्त कतै गएनन् । राजधानीले धेरै पटक आमन्त्रण गर्दा पनि उनले पोखरालाई नै कर्म थलो बनाएर बसिरहे । नेपालमा कलाकारिताको विकासमा उनको योगदान अद्वितीय छ भने कार्टुनको क्षेत्रमा उनी अब्बल छन् । उनले पोखराको ख्याति अरु बढाएका छन् भने उनले गरेका कामकै कारण पोखरालाई स्कुल अफ वाटर कलर भन्ने गरिएको छ ।

विद्यार्थी अवस्थादेखि नै उनी चित्रहरु बनाउँथे । चित्रहरु कोर्ने क्रममा उनी काठमाडौंका घरेलु शिल्पकला बिक्री भण्डार र जनक शिक्षा सामग्री केन्द्रमा पुगे । त्यहाँबाट उनी ३ महिनाको लागि जापान गए । यताउता भौतारिएर उनी पोखरा आए । पोखरामा इगल आई आर्ट स्टुडियो खोले । २०२२ सालमा काठमाडौंमा पहिलो पटक आयोजित राष्ट्रिय कला प्रदर्शनीमा उनी पहिलो भए । त्यो प्रदर्शनीले उनलको भाग्य चम्काइदियो । त्यही बेला उनले बालकृष्ण सम, लैनसिंह वाङ्देल, उत्तम नेपालीलगायत वरिष्ठ साहित्यकार,कलाकार चिन्ने मौका पाए । चिनेका मात्र होइनन्, समले त उनको चित्र हेरेर सल्भाडोर अलीको सम्झना गराएको भनी प्रशंसा गरे । कला समीक्षक नारायणबहादुर सिंहले बरालको पेन्टिङ कलाले नेपाली कलालाई १० वर्ष अगाडि पुर्‍याएको प्रतिक्रिया दिए । त्यसबेलादेखि काठमाडौंले उनलाई खोज्न थालेको हो ।

उनी पोखरा बसेरै काठमाडौंबाट प्रकाशित नयाँ सन्देश, राष्ट्रपुकार, कान्तिपुरमा कार्टुन छाप्दथे । मानिसहरु उनको कार्टुन प्रकाशित हुने दिनको प्रतिक्षामा हुन्थे । उनको कार्टुन संसदमा चर्चाको विषय बन्यो भने राजा ज्ञानेन्द्रको शासन कालमा उनलाई पक्रेर जेल हाल्ने हल्ला पनि चल्यो । जति पछि भयो उति उनको कार्टुन लोकप्रिय भयो । जनमत संग्रहको बेला जननेता बिपी कोइरालाले पनि उनको कार्टुनको प्रशंसा गरेका थिए । त्यसको प्रचार गर्नुपर्ने बताएका थिए । यस किसिमले जतातैबाट उनको ख्याति बढ्दै गएको छ । उनी आफ्नै साधनामा व्यस्त रहन्छन् र आफ्नै स्रोतहरुको प्रयोग गर्दछन् । यस हिसाबले उनी मौलिक क्षमता भएका कलाकार हुन् । जसमा पोखराको सुगन्ध छ । पोखरालाई के–कसरी अगाडि बढाउने भन्ने चिन्ता र चासो छ । हामी उनको सुख, सुस्वास्थ्य र आयु आरोग्यको मंगलमय कामनासहित उनको कुर्ची र क्यानभास अरु सय वर्ष सक्रिय भएर चलिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • ठगीधन्दा समाप्त पार

    सम्पादक जेठ १०, २०८०
    नेपाललाई नक्कली भुटानी बनाएर विदेश पठाउने प्रकरणको प्रतिवेदन प्रहरीले भर्खरै पूरा गरेर सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिंगो राजनीतिक…
  • संस्कृत उच्च शिक्षाको उन्नयनमा गोष्ठी महत्वपूर्ण

    सम्पादक वैशाख २७, २०८०
    हाम्रो समाजमा संस्कृत भाषाको पठनपाठनका सम्बन्धमा विरलै चर्चा हुने गर्दछ । यसबारे त्यत्ति चर्चा नगरिने भएकाले यसमा सुधार पनि त्यत्ति…
  • शान्ति, मैत्री, अहिंसाको आलोक फैलिओस्

    सम्पादक वैशाख २२, २०८०
    आज बुद्धजयन्ती हो । बुद्धजयन्ती उपलक्ष्यमा विश्वका विभिन्न भागमा बुद्धको गुण स्मरण गरेर यो जयन्ती मनाउने गरिन्छ । बौद्ध देशहरुमा…
  • देशको स्थिति बिग्रिन नदेऊ

    सम्पादक वैशाख १९, २०८०
    देशमा आर्थिक संकट बढ्दो छ । राष्ट्र सेवकहरूले समयमा तलब खान पाएका छैनन् । बजारमा महँगी बढ्दो छ । बैंकको…
  • प्रधानमन्त्रीले निम्त्याएको विवाद

    सम्पादक वैशाख १७, २०८०
    सिंगो देशको ध्यान आर्थिक संकटतिर गएको छ भने सरकारको ध्यान के कसरी अयोग्य लडाकुलाई पैसा बाँड्नेतिर गएको देखिएको छ ।…

hero news full width