देशमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुन गइरहेको छ । मंसिर ४ गते जति नजिकिँदै छ, उति मानिसहरु सजग र सतर्क भएका देखिन्छन् । संवेदनशील भएका छन् । राजनीतिसँग सम्बन्धित व्यक्तिहरु अर्थात् राजनीतिक पदाधिकारीहरु अरु उत्तेजित देखिन्छन् । नागरिकता विधेयक प्रमाणीकरण गर्ने सम्बन्धमा उठेको विवाद अहिले चारैतिर फैलिएको छ । जताततै पुगेको छ । अहिले त्यो विधेयकको कुरा यत्ति व्याप्त भएको छ कि त्यो विवादले सगरमाथा बन्ने सम्भावना बोकेको छ । राजनीतिमा सरकार र प्रतिपक्षी पार्टीका नेताहरुबीच भनाभन हुन्छ र त्यो समय आएपछि समाधान पनि हुन्छ । यो शाश्वत कुरा हो । तर अहिलेको विवाद ज्यादै नराम्ररी फैलिएको छ, त्यो प्रमाणीकरणको विषयमा मात्र सीमित छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगर्दा सरकारले त्यसमा तीव्र प्रतिक्रिया व्यक्त ग¥यो । ती दुवै अंग नागरिकता विधेयकसँग सम्बन्धित भएकाले त्यसलाई पनि अन्यथा भन्न सकिँदैन । तर त्यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समेत राष्ट्रपति भण्डारीको त्यो कार्यप्रति तीव्र प्रतिक्रिया जनाए । ठूलाबडाको बीचको विवाद बढ्दै गएर अहिले सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच पुगेको छ । तिनीहरुको विवाद प्रमाणीकरण नभई सभामुख र उप–सभामुखको पदावधि सम्बन्धमा रहेको छ । यो विवाद निर्वाचन आयोग समक्ष पुगेको छ । अर्को विवाद सरकार र निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच छ । सरकारले उनलाई आफ्नै घरमा नजरबन्दमा राखेको छ । जसले गर्दा मानव अधिकारको प्रश्न उत्पन्न भएको छ ।
विवाद सरकारमा रहेका र जनप्रतिनिधिबीच मात्र भएका होइनन् । राजनीतिक पार्टीहरुमा पनि विवाद उत्तिकै व्याप्त छ । विवादको स्वर त्यसरी नआउने माओवादी केन्द्रबाट पनि यसपटक ठूलै विवादको स्वर आयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यही पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माबीच असन्तोष र भनाभन चर्केको थियो । तर अहिले त्यसलाई दबाइएको छ । पार्टीगत हिसाबले अहिले सबभन्दा ठूलो विवाद नेपाली कांग्रेसमा देखिएको छ । संस्थापन पक्षविरुद्ध डा. शेखर कोइरालाले राजधानीमा एउटा मेला नै गरेर आफ्नो असन्तोष व्यक्त गरेका छन् । कोइरालाले पार्टीबाट समानुपातिकको बन्द सूचीमा जे–जति नामहरु राखे त्यसमा पनि असन्तोष व्यक्त गरेका छन् । उनले पार्टी सभापति प्रधानमन्त्री देउवा यस्तै गरी अघि बढेमा आफ्नो तर्फबाट छुट्टै उम्मेदवार बनाएर चुनाव लड्ने धम्की दिएर विराटनगर गएका छन् । डा. शेखरले जे–जसरी धम्की दिएका छन्, त्यसबाट ५ दलहरुको गठबन्धनभित्र पनि तरंग उत्पन्न भएको छ । स्थिति गम्भीर छ । गम्भीरतातिर देश अघि बढिरहेको छ ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९