वार्तामा बस

सम्पादक
जेठ २४, २०७३

१. आन्दोलनकारी र सरकारबीच वार्ता हुन्छ भनिएको लामो समय बितेको छ। तर ती पक्षबीच वार्ता हुन सकिरहेको छैन। सरकारले वार्ताका लागि पत्र लेखेको भनिएको पनि धेरै दिन भएको छ, तैपनि त्यो पत्र आन्दोलनकारीको हातमा पुगेको समाचार छैन। अर्थात् वार्ताका लागि वातावरण बनेको छैन।

२. मधेस केन्द्रित दलहरूले आन्दोलन गरेको नौ महिना पुग्न लागेको छ। अहिले उनीहरूको आन्दोलनमा जनजाति आदिवासी दलहरूले पनि हातेमालो गरी संयुक्त आन्दोलन सञ्चालन गरिरहेका छन्। आन्दोलनकारीले राजधानी केन्द्रित आन्दोलन भनेर सिंहदरबार घेराउ गरे। प्रधानमन्त्री निवास घेराउ पनि गरे।

३. तर सरकारले त्यस आन्दोलनलाई गम्भीरतापूर्वक लिएको छैन। सरकारको नेतृत्व गर्नेहरूले लामो समय आन्दोलन गरेपछि उनीहरू त्यसै थाक्छन् वा उनीहरू भित्र विवाद उत्पन्न हुन्छन् भन्ने रणनीति अख्तियार गरी लम्बियोस् भनी चाहेको देखिन्छ। विकास चाहने सरकार हो भने त्यति धेरैलाई सडकमा राखेर विकास गर्न सक्ने छैन।

४. प्रधानमन्त्री ओली आन्दोलनका कट्टर विरोधी भएको कुरा बराबर आउने गरेका छन्, तर सरकारमा एमालेमात्र होइन, माओवादी केन्द्र पनि छ। त्यस पाटीले आन्दोलनकारीलाई मिलाउने काम आफूले गर्ने भनेको पनि धेरै भयो। तर त्यसरी मिलाउने कुरामा सकारात्मक भूमिका खेलेको चाहिँ देखिएको छैन।

५. नेताहरूले सरकारबाहिर रहँदा आन्दोलनलाई ठूलो शक्ति देख्छन् भने सरकारमा रहँदा उनीहरूको मति नै फरक हुन्छ। सरकारमा पुग्नासाथ उनीहरूमा सामान्ती प्रवृत्ति हावी हुन्छ र आन्दोलनलाई दबाएरै ठीक गर्ने विचार राख्छन्। यस्तो प्रवृत्तिको अन्त कहिले होला, यो सोचनीय कुरा छ।

६. आन्दोलनकारीले पनि सबै परिवर्तन सडकबाटै गछौर्ं भन्ने जिद्दी लिनु हुँदैन। सडकबाटै संविधान लेख्छौं भन्नेहरूको गति कस्तो भयो, त्यो हामी सबैको समक्ष प्रष्ट छ। मागहरू समयसापेक्ष हुनुपर्दछ र त्यसलाई बराबर मूल्याङ्कन गर्नु पर्दछ र वार्ताको टेबुलमा बस्नु पर्दछ।

७. अहिलेको युग वार्ताको युग हो। वार्ता गर्न कोही पनि हिच्किचाउनु हुँदैन। वार्ता गरेर केही लिनुपर्दछ र केही दिनुपर्दछ। संविधान परिवर्तनशील छ। पछि आफ्नो पक्षमा बहुमत पुर्‍याएर परिवर्तनको आशा गर्न पनि सकिन्छ। कतिपयले त्यसरी संविधालनाई आफ्नो पक्षमा पारेका पनि छन्। त्यसका लागि धैर्य चाहिन्छ। राजनीतिमा धैर्यको ठूलो महत्व हुन्छ। धैर्यवान्ले कमसेकम गुमाएर भोलि बढी फाइदा लिने गरेका धेरै उदाहरण छन्। मुख्य कुरा वार्ता गर्नु हो। वार्तामा बस्न हामी दुबै पक्षसँग आग्रह गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width