वर्षा आयो, सतर्क अपनाऔ“

सम्पादक
असार १३, २०७२

१. यस वर्षको मनसुन सुरु भएको चर्चा जताततै सुनिएको छ। मौसमले पनि त्यही देखाएको छ। मनसुन कहिले हामीकहाँ वरदान भएर आउँछ भने कहिले अभिशाप भएर आउँछ। यो पटक के कसरी आउँछ, त्यो अहिले भन्न सकिने अवस्था त छैन। तर यसपटकको विनाशकारी भूकम्प र पराकम्पले जमिन बेस्सरी पटक-पटक हल्लाएकाले मनसुनले बढी क्षति पुर्‍याउने सबैको अनुमान छ।

२. विनाशकारी भूकम्पले गर्दा हाम्रा डाँडाकाँडा चर्केका छन्। हाम्रो दाँत हल्लिएजस्तै डाँडाकाडा हल्लिएका छन्। त्यसरी हल्लिएको परिणाम सुक्खा पहिरो पनि गएको छ। कतिपय नदी बेमौसममा थुनिएका छन्। बाढी आएको छ। सामान्य अवस्थामा त्यस्तो भयो भने वर्षा राम्रै सुरु भए के अवस्था होला त्यो कल्पना मात्रले आङ सिरि· हुन्छ।

३. उता जमिनको अवस्था मात्र त्यस्तो होइन भूकम्प पीडितहरू त्यस्तै जमिनमा र नदी नालाको किनारामा बसोबास गरी बसिरहेका छन्। कतै उनीहरू अस्थायी टहरामा छन् भने कतै पाल टाँगेर त्यसैमा बस्न बाध्य छन्। सरकारले जस्तोसुकै हल्ला गरे पनि वर्षा यता स्थायी घर निर्माण गर्ने विचारमा छैन।

४. यस्तो बाढी पहिरो र विपद्को बेलामा स्कुल र सामुदायिक भवनहरूले धेरैलाई क्षति दिने गर्दछन्। तर यसपटक विनाशकारी भूकम्पले त्यस किसिमका भवनहरू पनि बिगारेको छ। क्षतविक्षत पारेको छ। यी सबै कारणले यसपटक मनसुन कहालीलाग्दो गरि आउने निश्चय छ।

५. स्थिति यस्तो भएकोले सरकार यो मनसुनमा विशेष चनाखो भएर बस्नुपर्ने देखिन्छ। कहाँ कहिले प्राकृतिक प्रकोप सुरु हुन्छ, थाहा हुँदैन। जहाँ भए पनि तत्काल पुग्ने जनशक्ति तैयार गर्नुपर्दछ, राहतको सामग्री तैयार गरी राख्नुपर्दछ। भूकम्पबाट प्राप्त अनुभव यसपटक यो मनसुनमा लगाउनुपर्दछ।

६. महाकालीलगायतका केही नदीले अहिले आÇनो उग्ररूप देखाएका छन्। भूकम्प प्रभावी १४ जिल्ला त्यसै पनि उच्च जोखिममा छन्। तर तिनीहरूको उद्धारका लागि के कति तैयारी गरिरहेको छ, त्यो जानकारीमा आएको छैन। सरकार, रेडक्रस, उद्योग वाणिज्य सङ्घलगायतका परोपकारी संस्थाहरू अहिलेदेखि उद्धारका लागि र राहतका लागि तैयारी अवस्थामा रहनुपर्दछ। गत वर्षको जस्तो अवस्थामा अहिले होइन।

७. व्यक्तिहरू पनि विशेष तैयारीमा रहनुपर्दछ। केही भएको छैन भन्ने अवस्था अहिले छैन। कुनै पनि बेला केही न केही दुर्घटना हुन सक्छ भन्ने सोचेर केही न केही जागरुक र चनाखो भएर रहनुपर्दछ। रातको लागि पालो गरेर भएर सतर्कता अपनाउनुपर्दछ। ताकि हामीले नराम्रो दुर्घटना भोग्नुनपरोस्।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width