वरिष्ठतम पत्रकार भैरव रिसाल

सम्पादक
चैत्र ७, २०७५

१. वरिष्ठ सञ्चारकर्मी भैरव रिसाललाई पोखरामा हिजो बुधवार आयोजित एक विशेष कार्यक्रममा स्वतन्त्र पत्रकार संघ,  नेपालले आफ्नो पहिलो सामाजिक पत्रकारिता पुरस्कार–२०७५ प्रदान गरी सम्मान गरेपछि सञ्चारकर्मी रिसालकाबारे जिज्ञासा राख्ने र सोधखोज गनेर्हरुको संख्या Þवात्तै बढेको छ।

२. सञ्चारकर्मी रिसाल १९८५ सालमा भक्तपुरमा जन्मेका हुन्। उनले संस्कृत विषय पढेर वनारसबाट आचार्यको अध्ययन पूरा गरी जागिरको लागि भौँतारिएको बेला उनले २०१२ सालमा काठमाण्डौबाट प्रकाशित दैनिकहालखबर पत्रिकाको समाचारदाताको जागिर पाए। त्यही जागिरले उनलाई पत्रकार बनायो, सञ्चारकर्मी बनायो र आज उनी सञ्चार जगतका एउटा खम्बा भएकाछन् र इतिहास बनाएकाछन्।

३. २०१९ सालमा उनी नेपाल समाचार दैनिकको संस्थापक पनि भए २०२० सालमा उनी राष्ट्रिय समाचार समितिमा प्रवेश गरे समाचारदाताका रुपमा राससमा प्रवेश गरेका उनी प्रमुख समाचारदाता र सम्पादक पनि भए। २०४१ सालमा समाचार समितिबाट निवृत्त भएपछि उनी स्वतन्त्र पत्रकार भए। पत्रकार नै उनको पहिचान बन्यो।

४. आफ्नो दीर्घजीवनमा उनले अन्य धेरै क्षेत्रहरुमा काम गरे। उनले सरकारी नोकरी पनि गरे। गैर सरकारी संस्थामा पनि काम गरे। गैर सरकारी संस्था नेपाल अन्ध कल्याण संस्थामा पनि काम गरे। ठिमीको जन आदर्श क्याम्पसको संचालक समितिको उपाध्यक्ष भएर पनि उनले सामाजिक सेवा गरेका थिए।

५. काठमाडौंको वातावरण प्रदूषित हुँदै गएपछि चिन्तित भएर वातावरण संरक्षणमा लागे। उनले नेपाल वातावरण पत्रकार समूह गठन गरे। वातावरण बचाऊ आन्दोलन गरे। बागमती बचाउ अभियान का उनी वरिष्ठ अभियन्ता हुन्। उनले राजनीति पनि गरे,  जेल पनि गए। २०४६ साल पछि नेपाल मजदूर किसान पार्टीबाट प्रतिनिधि सभाको निर्वाचन पनि लडे। तैपनि उनी सञ्चारकर्मीकै रुपमा प्रसिद्ध भएकाछन्।

६. पहिलो पटक पत्रकारको काम गर्दा नै उनले अफिसबाट साइकल पाए। त्यो साइकलले उनको प्रतिष्ठा बनाएको थियो। त्यसबेलाको त्यो साइकलको सुविधालाई उनले अहिले हेलिकप्टर पाए सरह भएको बताउने गर्दछन्। त्यो साइकलमा चढेर उनी बिहान सबेरै वी.पी. कोइरालाकहाँ जान्थे। डिल्ली रमण रेग्मीलाई भेट्थे। वेदानन्द झाकहाँ पुग्थे। धेरै जसो गयाप्रसाद शाहको घरमा नास्ता गर्दथे। नेताहरुसँग उनको नजिकको सम्पर्क र सम्बन्ध थियो र नेताहरुले पनि उनको सोधखोज गर्दथे। उनी त्यस बेला चर्चित पत्रकार भएका थिए।

७. उनी केही समय पार्टीमा लागे पनि पार्टी विशेषको आग्रह पूर्वाग्रहको गन्ध पत्रकारितामा ल्याउँदैनथे। पत्रकार स्वतन्त्रहुनु पर्दछ र निष्पक्ष हुनुपर्दछ भन्ने उनको धारणा रहेको छ। पत्रकारहरुले सांगठनिक विकास र व्यावसायिकता तथा वृत्ति विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ। यस्तो महत्व र पत्रकारको सिङ्गो इतिहास बोकेका वरिष्ठतम व्यक्तिलाई सम्मान गर्नु स्वतन्त्र पत्रकार संघ आफै सम्मानित हुनु हो,  त्यस्तो सम्मान गरेकामा स्वतन्त्र पत्रकार संघ,  नेपाललाई हामी धन्यवाद ज्ञापन गर्दछौं र सम्मानित हुनु भएका श्रद्धेय भैरव रिसाललाई हार्दिक शुमकामना व्यक्त गरी उहाँको सुख,  शान्ति,  आयु आरोग्यको मंगलमय कामना गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width