महिलाको संख्या पुरुषको भन्दा बढी छ । बढी भएकोले कतै महिलाको विषयमा उल्लेख गर्नु पर्दा आधा आकाश ढाकेर बसेका महिलाहरु भन्ने गरिन्छ । संख्यामा महिलाहरु धेरै भए पनि राजनीति, सामाजिक संघसंस्था तथा राज्यको नीति निर्धारण गर्ने तहमा महिलाको उपस्थिति न्यून रहने गर्दछ । एकातिरको स्थिति यस्तो छ भने अर्कोतिर महिलाहरु अनेक किसिमका हिंसाबाट पीडित भएर रहनु परेको छ । पितृ सत्तात्मक समाज भएर हो कि महिला उत्थानका लागि, विकासका लागि तथा हकहितका लागि जति सुकै नारा लगाए तापनि कार्यक्रम र योजना बनाए तापनि आशा अपेक्षा गरेअनुसार प्रगति भएको छैन । अग्रज महिलाहरुले वर्षौं पहिलेदेखि आफ्नो अवस्थामा परिवर्तन ल्याउने अनेक किसिमका संघर्ष, आन्दोलनहरु गरिरहेका छन् । सहरी क्षेत्रमा त्यसको तात्विक अन्तर देखिएको छ । ग्रामीण क्षेत्रमा सन्तोष गर्ने अवस्था छैन ।
हाम्रो देशमा भएका सामाजिक, राजनीतिक आन्दोलनमा महिलाहरुले पुरुषसरह र पुरुषसँग हातेमालो गरेर आन्दोलन गर्दै आएका छन् । आन्दोलन गर्ने बेलामा महिलाहरुले पुरुषसरह त्याग, तपस्या र बलिदान गर्ने गर्दछन् भने त्यसको प्रतिफल खाने बेलामा अधिकांश पुरुष अघि सरेर महिलाको भाग पनि तिनीहरुले उपभोग गर्ने गर्दछन् । पुरुषहरुको त्यस्तो प्रवृत्तिले अहिले पनि महिलामाथि शोषण भएको छ । उत्पीडन भएको छ र हिजोको थिचोमिचो कायमै रहेको छ । सरकारी स्तरमा महिलाहरुको दबाबको कारण केही ऐन, कानुनको तर्जुमा भएको छ र महिलाहरुको हक अधिकारका सम्बन्धमा सुधार गरिएको छ । कतिपय संघ संस्थामा महिला उपस्थिति अनिवार्य गरिएको छ भने राजनीतिक फोरमहरुमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । तर त्यसको कार्यान्वयन समुचित रुपले भएको छैन ।
महिलाहरुको स्थिति सुधार्न र उत्थान गर्न अनेक प्रयास गर्दा पनि नभएपछि मानव अधिकारसँग सम्बन्धित संघ संस्थाहरु चिन्तित पनि छन् । संयुक्त राष्ट्रसंघ आफैं पनि चिन्तित भएर अनेक कार्यक्रमहरु ल्याएको छ । महिलाको समस्या माथि सबैको ध्यान आकर्षित गर्न त्यसले सन् १९७५ लाई महिला वर्षको रुपमा मान्ने ग¥यो । एक वर्षभरि त्यसले विविध कार्यक्रम राखेर सरकारलाई सुझाव पनि दियो । महिला दशक पनि सम्पन्न गर्यो । त्यसले विश्वव्यापीरुपमा महिला सम्मेलन पनि ग¥यो । सम्मेलनले महिलाहरुको हक अधिकारको लागि विभिन्न प्रस्ताव पारित गरी सरकारलाई सुझाव पनि दिएको छ । त्यत्तिले पनि नभएकोले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गरेको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिने अभियान सञ्चालन भएको छ । यो एक महत्वपूर्ण र उपयोगी कार्यक्रम हो । तर यो कार्यक्रमलाई व्यापक पार्न सकिएको छैन । १६ दिने कार्यक्रम केही सहर बजारमा मात्र सीमित रहेको गुनासो छ ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९