१. कास्की जिल्लाको लुम्ले गाविसस्थित बाल मन्दिर प्रस्तावित माध्यमिक विद्यालयका छात्रछात्रा रुँदै कराउँदै न्यायका लागि पोखरा आएको कुरा अस्ति बुधबार फैलिएपछि सुन्नेहरू स्तब्ध भएका छन्। ती छात्रछात्राले त्यहाँका केही शिक्षक शिक्षिकाले आफूहरूलाई शारीरिक र मानसिक यातना दिएको शिकायत गरेका छन्। त्यसरी पोखरा आएका विद्यार्थी ७२ जना छन्।
२. ती विद्यार्थीले विद्यालय प्रशासन र शिक्षकहरूले आफूहरूमाथि अमानवीय एवं दुर्व्यवहार गर्नुका साथै स्थानीय विद्यार्थी र आफूहरूबीच भेदभाव गरेको पनि जनाएका छन्। परीक्षाको मुखैमा उनीहरू त्यसरी आउनुपरेकामा उनीहरूको परीक्षा के हुने हो भन्ने समस्या पनि उत्पन्न भएको छ।
३. बृटिस फाउन्डेशनको सहयोगमा बाल मन्दिर विद्यालय २०३१ सालमा स्थापना भएको हो। त्यसबेला लुम्ले प्रोजेक्टमा काम गर्नेहरूका बालबालिकाको पठनपाठनका लागि त्यो विद्यालय बनाइएको भए तापनि पछि त्यसलाई समुदायमा हस्तान्तरण गरिएको थियो। अहिले त्यस विद्यालयमा २२ जिल्लाका छात्रवृत्ति प्राप्त ७२ जना छात्रछात्रा अध्ययनरत छन्।
४. ती विद्यार्थीहरू सोमबार राति पोखरा आइपुगेका थिए। उनीहरूलाई नगर प्रशिक्षण केन्द्रमा राखिएको छ। उनीहरूमध्ये अधिकाँशका अभिभावक पनि यहाँ आइपुगेका छन्। अभिभावकहरू आफूले सोच्दै नसोचेको घटना आइपरेकामा स्तब्ध भएका छन्। उनीहरू विद्यार्थीहरूको परीक्षा नजिक आएकोमा चिन्तित भएका छन्।
५. ती विद्यार्थीहरूको समस्याका सम्बन्धमा पोखरामा सम्बन्धित कार्यालयहरू शिक्षा अधिकारीको कार्यालय, शिक्षा निर्देशनालय र शिक्षा विभागका पदाधिकारीलगायतका व्यक्तिहरू विचारविमर्श गरिरहेका छन्। उनीहरू दोषीमाथि कारबाही गर्ने आश्वासन दिँदैछन् भने विद्यार्थीहरू त्यहाँ नर्फकने विचारमा छन्।
६. विद्यार्थीहरूले लामो समयदेखि आफूहरूमाथि शारीरिक र मानसिक यातना दिँदै आएको बताएका छन्। उनीहरूले त्यसरी यातना दिनेहरूको नाम समेत बताएर उनीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदैछन्। यस्तो स्थितिमा त्यहाँका शिक्षकहरू पनि पक्ष र विपक्षमा विभाजित भएका छन्।
७. बाल मन्दिर प्रस्तावित माध्यमिक विद्यालयमा जे भयो, त्यो नराम्रो भएको छ। विद्यार्थीहरू त्यसरी छात्रवासबाट भागेर आउनु गम्भीर कुरा हो। त्यसलाई सम्बन्धित कार्यालय र पदाधिकारीहरूले गम्भीरतापूर्वक लिनुपर्दछ र दोषीमाथि कारबाही गरी विद्यालयको पठनपाठन छिटो सुचारु गर्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९