राष्ट्रपतिको चुनौती

सम्पादक
जेठ १५, २०७५

१. नेपालको इतिहासमा २०६२/६३ मा भएको ऐतिहासिक जनआन्दोलनले दूरगामी महत्व राखेको छ। त्यो आन्दोलनलाई ऐतिहासिक जनआन्दोलन दोस्रो भन्ने गरिएको छ। त्यसले त्यसबेला सोच्नै नसकिने दुर्इटा अत्यन्त महत्वपूर्ण काम गरेको थियो। त्यसले एउटा त विघटित संसदलाई पुनर्जीवित गरेको थियो भने त्यही पुनर्जीवित संसदले राजतन्त्रको अन्त गरी गणतन्त्रको सूत्रपात गरेको थियो।

२. गणतन्त्रको स्थापना पछि एक जना साधारण नगारिकले पनि राज्यको सवोर्च्च पदमा आसीन हुने अवसर पाएका छन्। सो पदमा विद्या भण्डारी निर्वाचित भएर राष्ट्रपति भएकी छन्। जनताका लागि यो ठूलो अवसर हो।

३. राष्ट्रपति पद राज्यको सवोर्च्च पद हो। राष्ट्रपति संविधानको संरक्षक पनि हो भने राष्ट्रियताको प्रतीक पनि हो। त्यसैले यस पदको महत्व र गरिमा अत्यन्त ठूलो छ। यो पद जति ठूलो छ, उति यस पदमा आसीन भएका व्यक्तिबाट राष्ट्र र जनताले धेरै आशा अपेक्षा गरेका हुन्छन्। उसका विचार र व्यवहारलाई मानिसहरुले नजिकबाट नियालिरहेका हुन्छन्।

४. राष्ट्रपति पद जति गरिमामय छ, उति उसको काम कर्तव्य र अधिकार पनि चुनौतीपूर्ण रहेकोहुन्छ। उनी पार्टीत राजनीतिबाट टाढा रहनु पर्दछ। उनले कुनै पार्टीविशेषसँग आबद्धता देखाउनु हुँदैन। सबै प्रति तटस्थता र निष्पक्षतामा रहेर काम गर्नु पर्दछ। उनको व्यवहार भद्र र शालीन हुनुपर्दछ।

५. राष्ट्रपतिको व्यवहार यस्तो हुनुपर्दछ, जसबाट जनता प्रभावित होऊन्। जति छिटो जनता उसको काम कुरा र व्यवहारबाट प्रभावित हुन्छन्, उति उनीहरुले राजतन्त्र र राजा बिर्सन्छन्। राष्ट्रपतिले गणतन्त्र आएको आभास जनतालाई दिन सक्नु पर्दछ। गणतन्त्र आएकोले यस्तो राम्रो र यो फाइदा भयो भन्ने कुरा राष्ट्रपति र सरकारले देखाउन सक्नु पर्दछ।

६. हामीकहाँ अझै राजा चाहिन्छ र राजतन्त्र फर्काउनु पर्दछ भन्ने पार्टीरु पनि छन्। त्यस्तो पार्टीहुनु गणतन्त्रको लागि चुनौती पनि हो। यो लोकतन्त्रको विशेषता पनि हो। लोकतन्त्रमा बाँच र बाँच्न देऊ भन्ने भावना हुन्छ, समन्वयवादी सिद्धान्त हुन्छ। हाम्रो गणतन्त्रले यी सबैलाई आत्मसात गरेर अघि बढ्नु पर्ने अवस्था छ।

७. त्यसैले हाम्रो राष्ट्रपति उदार भावनाको हुनुपर्दछ। निष्कलंक स्वभावको हुनुपर्दछ। हिलोमा गए हिलो लाग्छ भन्ने कुरामा ऊ सचेत हुनुपर्दछ र हिलोमा ऊ कहिले जानु हुँदैन, महापुरुषहरुले भन्ने गरेका छन्- एक जना मानिसले आफू इमान्दार भएर मात्र हुँदैन, उसले इमान्दारी देखाउन पनि सक्नु पर्दछ। त्यस्तै हाम्रा राष्ट्रपतिले पनि यस्ता सबै काम कुरा आफ्नो व्यवहारबाट चरितार्थ गरी देखाउनु पर्दछ। यो समयको माग हो।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width