हाम्रो शासन व्यवस्थामा बराबर तमासा हुने गरेका छन् । अहिले पनि एउटा तमासा भएको छ । अहिलेको तमासा महाभियोग लागेका सर्वोच्च अदालतका प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबराका सम्बन्धमा भएको छ । तमासाको एक भाग आइतबारका दिन सर्वोच्च अदालतमा देखिएको थियो भने अर्को भाग प्रधानन्यायाधीश राणाको बालुवाटारस्थित सरकारी निवासमा देखिएको थियो । बालुवाटार निवासमा प्रहरीले माथिको आदेश भन्दै आवतजावतमा रोक लगाएका थिए । यतिसम्म कि स्वयं प्रधानन्यायाधीशलाई समेत गेटबाट बाहिर जान दिइएको थिएन । एकातिर उनलाई गेटबाट बाहिर निस्कन दिइएको थिएन भने अर्कोतिर सर्वोच्च अदालतमा सर्वोच्चका प्रशासन, न्यायाधीशहरु र नेपाल बार एसोसियसनका पदाधिकारी र सदस्यहरुले कुनै पनि हालतले उनलाई सर्वोच्च अदालतमा प्रवेश दिने पक्षमा थिएनन् । महाभियोग लागेका प्रधानन्यायाधीश राणा भने कुनै पनि हालतमा आफ्नो कार्यालयमा गएर हाजिरी जनाउने पक्षमा थिए । उनले हाजिरी जनाएर आफूमाथि लागेको महाभियोगको आरोप समाप्त भएको घोषणा गर्ने पक्षमा थिए ।
एकातिर उनी जबर्जस्ती गएर कार्यालयमा हाजिरी जनाउने पक्षमा थिए भने अर्कोतिर सरकार, सर्वोच्चका न्यायाधीशहरु, नेपाल बार एसोसिएसनका अधिवक्ताहरु कुनै पनि हालतमा उनलाई हाजिरी गराउने पक्षमा थिएनन् । त्यही हाजिरीको विषयलाई लिएर त्यहाँ तमासा भएको थियो । अब त्यो तमासा कति दिन चल्ने हो, कतिसम्म चल्ने हो, त्यसबारे अहिले केही भन्ने स्थिति छैन । सर्वसाधारणको समेत आस्थाको केन्द्र मानिएको न्यायको मन्दिरमा समेत त्यस्तो देखापर्नु आपत्तिजनक कुरा हो ।
जिन्दगीभर संविधान, ऐन कानुन र नियमावलीसँग खेलेर अभ्यस्त भएका व्यक्तिहरुबाट भएको तमासाले गम्भीर प्रश्न उत्पन्न गरेको छ । सर्वोच्चमा पनि प्रमाण आदिको सोधखोज नगरी मुढेबल देखाउन खोज्दा त्यसको प्रभाव के पर्ला, रेकर्ड कस्तो होला र भोलिको इतिहासले के भन्लालगायत ती सम्बद्ध पक्षहरुले ख्याल गरेको देखिएन । यसलाई पनि अरुहरु केसजस्तै आ–आफ्नै स्वार्थमा रहेर हेरेको देखियो । महाभियोग समितिले महाभियोगको सिफारिस गरी तत्कालीन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइसकिएको छ भने उनले संसदका महासचिव भरतराज गौतमलाई तोकादेश गरेर नयाँ प्रतिनिधि सभामा पेस गर्न भनेका छन् । उता सर्वोच्च प्रशासनले हाजिरी गर्नका लागि फुकुवा पुर्जीको आवश्यक रहनेमा जोड दिँदै छन् । आगामी केही दिन यो तमासा बढ्दै जाने देखिन्छ ।
Related News
सम्बन्धित समाचार
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
उद्योगी व्यवसायीको आन्दोलन स्थगित
उपप्रधान तथा गृहमन्त्री रविलाई अवसर र चुनौती
नव गठित सरकारलाई सफलताको कामना
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९