प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन–२०७९ को मतगणना कार्य भइरहेको छ । गणना सकिन अझै केही दिन लाग्ने देखिन्छ । निर्वाचनको परिणामले नयाँ–नयाँ क्षितिज खोलेको छ । हिजो एउटा विचारले आक्रामक बनाएको थियो भने अहिले फेरि अर्को विचार आएको छ । स्थिति फेरिए अनुसार मानिसका विचारमा पनि परिवर्तन आएको छ । यो चुनावमा पुस्तान्तरणको चर्चा धेरै भएको छ । त्यसबारे हामीले पनि चर्चा गरेका छौं । देशको राजनीतिमा युवापुस्ता अघिसार्नु पर्ने कुरामा जताततैबाट आवाज घन्किएको सर्वविदितै छ । युवा पनि निकै उत्साहित भएर निर्वाचनमा होमिएको र तिनीहरुले निर्वाचनमा प्रभाव पारेको निर्वाचन परिमाणले प्रष्ट देखाएको छ ।
असन्तुष्ट युवाले चुनावअघि वृद्ध नेताविरुद्धमा अनेक किसिमले आफ्ना असन्तोष व्यक्त गरेका थिए । त्यसरी असन्तोष व्यक्त गर्नेक्रममा तिनीहरुले ‘नो नट अगेन’ समेत भनेका थिए । तिनीहरुले मतपत्रमा समेत आफ्नो भावना व्यक्त गरेको कुरा पनि बाहिर आएको छ । ती सबै कुरा एकातिर भइरहेको अवस्थामा निर्वाचन परिणामले अर्को पक्षतिर पनि ध्यान आकर्षित गरेको छ । वृद्ध नेताका रुपमा परिचित उम्मेदवारले पनि चुनावमा जितेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सातांै पटक चुनाव जितेका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भारी बहुमत ल्याएर आफ्ना प्रतिस्पर्धीलाई पछारेका छन् । त्यस्तै, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका वृद्ध नेताहरुले शानदाररुपले चुनाव जितेका छन् । जनताको त्यो म्यान्डेटलाई उपेक्षा गर्ने कुरा हुँदैन । मतदाताले एकातिर युवाहरु र युवाहरुको संगठित संस्थाहरुलाई चुनाव जताएर प्रतिनिधि सभा र प्रदेश सभामा पठाएका छन् भने अर्कोतिर वृद्ध नेतालाई पनि उत्तिकै सम्मानका साथ चुनाव जिताएका छन् । यो ज्यादै महत्वपूर्ण कुरा छ । यस्तो कुरामा हामीले ध्यान पु¥याउनु पर्दछ र यसको सन्देशलाई मनन गर्नु पर्दछ । हामीले वृद्ध भनेर हेय दृष्टि राख्नु पनि हुँदैन भने युवा भनेर तिनीहरुको महत्वलाई कम आकलन गर्नु पनि हुँदैन । काम गर्ने शक्ति, जोश र जाँगर युवाहरुमा हुन्छ । गर्ने युवाहरुले नै हो । यो कुरा वृद्धहरुले पनि महसुस गरेर युवालाई महत्वका साथ अघि बढाउनु पर्दछ । युवालाई जिम्मेवारी दिनु पर्दछ । यो समयको मात्र हो । नेपालको आवश्यकता हो । यो कुरा दुवै पक्षले महसुस गरेर, आत्मसाथ गरेर देश बनाउन काममा लाग्नु पर्दछ र अघि बढ्नु पर्दछ । दुबैको समन्वयकारी भूमिका भए विकासले गति लिन्छ र समृद्धि शीघ्र प्राप्त हुन सक्छ ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९