मानवअधिकार हनन् गर्नु गम्भीर अपराध

सम्पादक
मंसिर २४, २०७६

१. आज विश्व मानव अधिकार दिवस हो। विश्वभर मानव अधिकारको आवश्यकता, त्यसको औचित्यता र त्यसको प्राप्तिका लागि भए गरेका संघर्ष आदिबारे चर्चा परिचर्चा गरिने भएको छ। कतै तीनदिने कार्यक्रम राखेर त्यसबारे विशद व्याख्या र विवेचना गर्ने कार्यक्रम छ।

२. मानवअधिकारको आवश्यकता र औचित्यका सम्बन्धमा सबैजना ठूल्ठूलो स्वरमा कराउने गर्दछन्। तर आफैले मानवअधिकारको हनन् गर्ने गर्दछन्। समाजमा यस्तो प्रवृत्ति बढ्दै गएको छ। त्यसकारण मानवअधिकारको पक्षधर को हो भनेर चिन्न पनि त्यत्ति सजिलो छैन।

३. नेपालको सन्दर्भमा देशमा सशस्त्र संघर्षको बेला सबभन्दा बढी मानव अधिकार हनन्का घटना भएका थिए। त्यसबेला सुरक्षा सैनिकहरुले पनि सर्व साधारणको मानव अधिकार हनन् गरेका थिए भने कतिपय माओवादीहरुले त्यस्तो घटना घटाएका थिए। त्यसबेला मानव अधिकारबाट हनन् भएका मानिसहरु र तिनीहरुका परिवार आजसम्म पनि पीडित छन्।

४. तिनीहरु मध्ये कतिपयले आफ्ना परिवार गुमाएकाछन् भने कतिपयको परिवार हराएको र वेपत्ता भएर आज पनि अन्यौलमा वस्नु परेको अवस्थामा छन्। तिनीहरुले न्याय पाउनु पर्नेमा नेताहरु र सरकारमा बस्नेहरु ठूल्ठूलो स्वरले भाषण त गर्ने गर्दछन् तर पीडित पक्षको न्यायको लागि सारभूत कदम चाल्दैनन्।

५. सरकारद्वारा गठित वेपत्ता छानविन आयोग हात्तीको देखाउने दाँत जस्तो भएको छ। सरकारले अन्तराष्ट्रिय क्षेत्रलाई देखाउन त्यस्तो संस्था गठन त गरेको छ, तर तिनीहरुबाट ठोस काम कुरा केही पनि भएको छैन।

६. म्यानमारका परराष्ट्रमन्त्री आङसाङ सुकीलाई रोहिङ्गाहरुको मानवअधिकार हनन्मा सघाउ पुर्याएको आरोपमा हालै हेग स्थित अन्तराष्ट्रिय अदालतमा बोलाइएको छ। सुकीलाई त्यसरी बोलाएकोमा मानव अधिकार हनन् गनेर्हरुको मनमा चिसो पसेको हुन सक्छ। नीद हराम भएको हुनुपर्दछ।

७. हेग स्थित अदालतमा निवेदन परेपछि त्यसरी बोलाउँदा रहेछन् भन्ने प्रमाण अहिले प्रष्टभएको छ। मानव अधिकार हनन्का घटना गम्भीर विषय भएकोले त्यसलाई आलटाल गर्दै पन्छाउन सकिन्छ भन्ने सोच्नु गलत हुनेछ। त्यसकारण नेपालमा भएका मानव अधिकारका घटनाहरुको छिटो छिनोफानो गर्नु राम्रो हुने देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width