१. अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सर्न्दर्भ पारेर शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा पश्चिमाञ्चलस्तरीय मातृभाषा कविता महोत्सव-२०६९ सम्पन्न भयो। यसअघि सधैँ एउटै भाषाका कविता श्रवण गरिरहेका श्रोताहरूले त्यस दिन विभिन्न स्वाद र शैलीमा विभिन्न मातृभाषाका कविता श्रवण गरेका थिए।
२. नेपाली आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीको आयोजना तथा मगर भाषा प्रतिष्ठान कास्की शाखाको व्यवस्थापनमा सम्पन्न भएको कार्यक्रममा ११ भाषाका डेढ दर्जनभन्दा बढी कविकवयित्रीले आ-आफ्नै मातृभाषाका कविता वाचन गरेका थिए भने त्यसरी कविता वाचन गर्नेहरूले सबैले बुझेनन् भनेर नेपालीमा अनुवाद पनि गरेका थिए।
३. आ-आफ्नो मातृभाषामा कविता वाचन गर्नेहरूमा मगर भाषामा रिमबहादुर रानामगर, रुद्रबहादुर हिटानमगर र अमृता थापामगर, गुरुङ भाषामा तेजबहादुर चहाक्ली तमु, देवीजंग तमु र ले. थमबहादुर तमु, तामाङ भाषामा वीरेन्द्र तामाङ, नेपाल भाषामा उदयबहादुर अमात्य, लिम्बु भाषामा गजेन्द्र लिम्बु र कुमाल भाषामा देवेन्द्र कुमाल थिए।
४. त्यस्तै थकाली भाषामा अम्बर तुलाचन, अशोक शेरचन, धु्रवकुमार भट्टचन र ज्योति भट्टचन, दरै भाषामा कृष्ण थापामगर ‘मीगीन’, मुसलमान समुदायले बोल्ने फारसी भाषामा हनिफ मियाँ र नेपाली भाषामा घनश्याम शर्मा रेग्मी र स्मृति ओझाले कविता वाचन गरेका थिए। कविकवयित्रीले श्रोताहरूलाई नयाँ स्वाद र सन्तुष्टि दिएका थिए।
५. पहिले राज्यले एक भाषा र एक धर्मको नीति अख्तियार गरेको बेला जनजाति आदिवासीहरूको भाषा लोप हुँदै भएको थियो। २०४६ सालमा प्रजातन्त्रको पुनर्वहाली भएपछि आदिवासी जनजातिका स·ठनहरू स्थापना हुन थालेपछि जनजाति आदिवासीहरूले आफ्नो धर्म, संस्कार, संस्कृति र भाषाको जगेर्ना गर्नुपर्दछ भनेर केही प्रयास गरेका छन्। शनिबारको कविता महोत्सव त्यसैको एक प्रयास हो।
६. राज्यले अझ पनि यी आदिवासी जनजातिका भाषाको उत्थानमा अपेक्षित सहयोग गरेको छैन। नीति निर्धारण तहा बसेकाहरूले आफ्नो पुरानो दृष्टिकोण परिवर्तन गरेका छैनन्। जसको कारण आदिवासी जनजातिहरू अझ पनि कराउनुपरिरहेको छ। सङ्र्घर्ष गर्नुपरिरहेको छ। राज्यको सहयोगबिना आफ्नो काम आफै गरिरहनुपरेको छ।
७. हाम्रो देशको यो विशेषता छ कि हामीकहाँ धेरै भाषा छन् तर पनि तिनीहरूमध्ये धेरै लोपोन्मुख अवस्थामा पुगेका छन्। लोपोन्मुख भाषालाई लोप हुन नदिनु हाम्रो कर्तव्य हो। मातृभाषालाई लोप हुन नदिनु व्यवहारमा त्यो भाषामा बोल्ने गर्नु पनि हो। युवायुवतीहरू आफ्नो मातृभाषामा बोल्न हिचकिचाउने गर्दा त्यसले नराम्रो असर पारेको छ। आ-आफ्नो समुदायले आफ्नो मातृभाषामा बोल्नु आवश्यक छ। सबैले त्यो आवश्यकता महसुस गरी आ-आफ्ना मातृभाषामा बोल्ने बानी गर्यो भने मातृभाषाको जगेर्ना हुन सक्छ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९