महत्वपूर्ण सहमति

सम्पादक
फागुन २६, २०७५

१. मधेश टुक्र्याएर छुट्टै राज्य बनाउने अभिव्यक्ति दिएपछि विवादास्पद भएका सि.के.राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन राष्ट्रको मूलधारको राजनीतिमा आएको छ। त्यस गठबन्धनले सरकारसँग ११ बुँदे सहमति गरेपछि उनको छुट्टै राज्य बनाउने अभियानको अन्त्य भएको छ। यसलाई लोकतन्त्रको जीतको रूपमा लिएको छ।

२. सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्रमधेश गठबन्धनका तर्फबाट स्वयं सी.के.राउतले प्रधानमन्त्री के.पी. ओलीको उपस्थितिमा शुक्रवार हस्ताक्षर गरेका थिए। सहमति पत्रमा राजनीतिक , सामाजिक, आर्थिकलगायतका उद्देश्यहरू प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्दछ भन्ने मान्यतामा द्दढ छौँ भनिएको छ।

३. सहमतिपत्रमा स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरू माथि लगाइएको राज्यविरुद्धको अपराधलगायत सम्पूर्ण राजनीतिक मुद्दाहरू फिर्ता गर्ने , ६ महिना पहिले प्रहरीको हिरासतमा मृत्यु भएका बाँके जिल्ला इञ्चार्ज राममनोहर यादबको परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्तिको व्यवस्थागर्ने कुरा उल्लेख गरिएको छ।

४. स्वतन्त्र मधेश गठबन्धनले कहीँ कतै बम र बारुद पड्काएको थिएन। तैपनि उनीहरूले जे जसरी मधेश टुक्र्याउने अभियान चलाएको जुन अभिव्यक्ति दिए त्यो बम र बारुदभन्दा कडा र खतरनाक मानिएको थियो। त्यसै कारण सरकारले सी.के.राउत लगायतका नेता र कार्यकर्ताहरूलाई पक्राउ गरेको थियो।

५. त्यो गठबन्धनमा अकस्मात कसरी परिवर्तन आयो , त्यो सवै बाहिर आएको छैन। तर राउतलाई पक्रे पछि अन्य नेताहरू सहमतिका लागि दौडधुप गरिरहेका थिए। सरकारले पनि गोप्यरूपले वार्ता गरी अन्तिम चरणमा पुर्याएको थियो। त्यसै बेला सवोर्च्च अदालतले पनि थुनामा रहेका राउतलाई थुनामुक्त गरेको कुरा उल्लेखनीय छ।

६. सहमतिपत्रमा हस्ताक्षर गरेको बेला राउतले अहिंसा , बुद्ध र महात्मा गान्धीको नाम पटक पटक उच्चारण गरे। उनले अरुहरू झैँ आफु हिंसाको लाइनमा जने होइन भन्ने कुरा दोहोर्याए। वास्तवमा स्वतन्त्र मधेश गठबन्धन बनाए तापनि उनले त्यस्तो बम र बारुदको विस्फोट गरेको भने त्यति सुनिएको थिएन।

७. सर्वसाधारण नेपालीहरूले पनि अति खतर्नाक मानिएको गठबन्धन शान्ति प्रक्रियामा आएको छ। यो ठूलो कुरा हो। सरकारले र गठबन्धनले सहमतिपत्रमा उल्लेख गरिएका कुराहरूलाई अक्षरशः पालना गर्नु पर्दछ। कुनै पक्षले पनि सहमति तोड्ने प्रयास नगरोस् यो हाम्रो आग्रह हो। राम्रा र महत्वपूर्ण सहमति गरेकोमा हामी दुवै सम्बद्ध पक्षहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width