मन्त्रिपरिषद्लाई पूर्णता देऊ

सम्पादक
वैशाख १५, २०८०

प्रधानमन्त्री पुष्मकमल दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुन पाए के–के न गर्ने आश र लोभ देखाए । पहिलो पटक प्रधानमन्त्री हुन उनले गठबन्धन गरी चुनाव लडेको नेपाली कांग्रेस लगायतका पार्टीहरुलाई त्यागेर एमालेसँग गठबन्धन गरे । तर त्यसको १ महिनापछि नै फेरि एमालेलाई पार्टी त्याग गरेर पुरानै गठबन्धनमा सामेल भए । त्यसबेला उनले अब आफूले भाषण गर्ने होइन, काम गर्ने भनी आश्वासन दिए । तर यतिञ्जेल उनले कुनै दिन पनि भाषण नगरी बसेनन् । दिनको तीनचार ठाउँमा गएर बोल्नुलाई नै उनले प्रमुख काम सम्झे । उनले भाषण गरिरहेकै छन् । विगत म ४/५ महिनामा उनको कुनै त्यस्तो उल्लेख्य काम देखिएन । अहिले उनले चतुर्‍याइपूर्वक बजेट देखाउने गरेका छन् । आफूले उत्पादकत्व र रोजगारी बढाउने बजेट ल्याउन तयार भएको भन्दै बजेटको प्रतीक्षा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालले अझसम्म आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । उनले नेपाली कांग्रेसको कोटामा परेका मन्त्रालय भन्दै त्यसमा कसैलाई नियुक्ति दिएका छैनन् । त्यसरी कांग्रेसको आन्तरिक विवादका कारण मन्त्रीको नाम दिन नसक्नु कांग्रेसले कमजोरी हो । यो कमजोरीलाई कांग्रसले कतिञ्जेल पालिराख्ने हो, सोचनीय कुरा छ । बाहिर त्यसको के प्रभाव परिरहेको छ, त्यो महत्वपूर्ण कुरा हो । तर नेताहरुको ध्यान त्यतातिर गएको देखिँदैन । ठूला पार्टीका पुराना नेताहरु त आन्तरिक भागवण्डामा लडिरहेका छन् । तर युवा नेताहरु यसमा के हेरिरहेका छन् भन्ने प्रष्ट व्यापक बन्दैछ । पार्टीको त्यो सानो विवाद (भागवण्डा) लाई हप्तौंसम्म मिलाउन नसक्नेले राष्ट्रको समस्याको समाधान के कस्तो गर्लान् भन्ने प्रश्न पनि आउने गरेका छन् ।

मन्त्री नियुक्ति गर्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्रीले पनि आफ्नो विशेषाधिकार प्रयोग गर्न सक्छन्, राम्रो काम गर्ने कसैले आँट गर्दैनन् । हलो अड्काएर राख्नुलाई नै आफ्नो विशेषता सम्झिन्छन् भने समस्याको समाधान कहिले हुन्छ ? प्रधानमन्त्री दाहालले आगामी बजेटतिर हेर भनेर आशा देखाउनुुभन्दा मन्त्रिपरिषद्लाई पूर्णता दिएर कांग्रेसको आन्तरिक समस्यासमेत समाधान हुने गरी मन्त्रीहरु नियुक्त गर्नुमा मन्त्रिपरिषदले पूर्णता त पाउन सक्छ । प्रधानमन्त्री दाहालले ४/५ महिनामा केही गरेनन् भन्नेहरुलाई मन्त्रिपरिषद् पूर्ण भएको काम त देखाउन सकिन्छ । यस्तोमा किन कसैको ध्यान जाँदैन ? यो आश्चर्यलाग्दो कुरा हो ।

Related News

सम्बन्धित समाचार

  • ठगीधन्दा समाप्त पार

    सम्पादक जेठ १०, २०८०
    नेपाललाई नक्कली भुटानी बनाएर विदेश पठाउने प्रकरणको प्रतिवेदन प्रहरीले भर्खरै पूरा गरेर सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिंगो राजनीतिक…
  • संस्कृत उच्च शिक्षाको उन्नयनमा गोष्ठी महत्वपूर्ण

    सम्पादक वैशाख २७, २०८०
    हाम्रो समाजमा संस्कृत भाषाको पठनपाठनका सम्बन्धमा विरलै चर्चा हुने गर्दछ । यसबारे त्यत्ति चर्चा नगरिने भएकाले यसमा सुधार पनि त्यत्ति…
  • शान्ति, मैत्री, अहिंसाको आलोक फैलिओस्

    सम्पादक वैशाख २२, २०८०
    आज बुद्धजयन्ती हो । बुद्धजयन्ती उपलक्ष्यमा विश्वका विभिन्न भागमा बुद्धको गुण स्मरण गरेर यो जयन्ती मनाउने गरिन्छ । बौद्ध देशहरुमा…
  • देशको स्थिति बिग्रिन नदेऊ

    सम्पादक वैशाख १९, २०८०
    देशमा आर्थिक संकट बढ्दो छ । राष्ट्र सेवकहरूले समयमा तलब खान पाएका छैनन् । बजारमा महँगी बढ्दो छ । बैंकको…
  • प्रधानमन्त्रीले निम्त्याएको विवाद

    सम्पादक वैशाख १७, २०८०
    सिंगो देशको ध्यान आर्थिक संकटतिर गएको छ भने सरकारको ध्यान के कसरी अयोग्य लडाकुलाई पैसा बाँड्नेतिर गएको देखिएको छ ।…

hero news full width