१. भारतले नेपालको कञ्चनपुरको डोके बजार क्षेत्रमा एकातर्फी किसिमले फेरि नाली बन्न थालेपछि स्थानीय नेपालीहरु आक्रोशित भएकाछन्। केही दिन पहिले दुवै देशका स्थानीय अधिकारीहरु बैठक बसेर त्यस विषयमा सीमा बैठकमा छलफल गर्ने र केन्द्रीय निदेर्शन अनुसार गर्ने निर्णय गरी काम स्थगित गरिएको थियो।
२. तर दुई हप्तापछि नै भारतीयहरुले फेरि त्यहाँ नाली खनेर तारबार राख्ने काम थालेको छ। जुन ठाउँमा भारतले तारबार लगाउन शुरु गरेको छ, त्यो ठाउँ अन्तराष्ट्रिय जैविकमार्गमा पर्दछ। भारतीयहरुले वन्यजन्तुको आवागमनलाई असर पार्ने गरी नाला खनिरहेको छ। जुन अन्तराष्ट्रिय नियम विपरीत हो।
३. त्यो क्षेत्र भारतको दुधुवा नेशनलपार्कको १७ किलोमिटर क्षेत्रफल जैविकमार्गमा पर्दछ। जंगली जनावरहरु नेपालको लालझाडी शुक्लाफाँट र भारतका दुधुवा फाँटमा आवतजावत गर्ने गर्दछन्। ती जनावरहरु नेपालको चुरेसम्म नै आउने जाने गर्ने गरेको त्यहाँका वनअधिकारीहरुले बताउने गरेकाछन्।
४. भारतको त्यस कार्यले एकातिर जैविकमार्गमा अवरोध गर्दछ भने अर्को त्यसले जेजसरी कामथालेको छ, त्यसले वर्षायाममा नेपालबाट पानी स्वाभाविक रुपमा बग्न नदिएर अवरोध गर्ने निश्चित छ। भारतले ठाउँ–ठाउँमा त्यस्तो अवरोध गरी नेपाली भूभाग जलमग्न गर्ने गरेको छ।
५. कञ्चनपुरका प्रमुखजिल्लाअधिकारीले त्यहाँको सबै विवरण उल्लेख गरी, गृह मन्त्रालयमा पठाएको बताएकाछन्। तर गृहबाट त्यस्तो कुनै निदेर्शन दिइएको छैन । भारतीयपक्षले भने माथिको निदेर्शन भन्दै नाला खन्ने काम शुरु गरेको छ। त्यसले गर्दा स्थानीय नेपाली अधिकारीहरु अन्यौलमा छन्।
६. सीमानामा हुने गतिविधिहरु संवदेनशील हुन्छन्। त्यसमा सजगता, जागरुकता र तत्परताको नितान्त खाँचो पर्दछ । तर सरकारमा बस्नेहरुले त्यस्तो गम्भीरता नदेखाएपछि हामीले धैरै अन्याय अत्याचार सहनु परेको छ र कतै आफ्नो भूभाग समेत गुमाउनु परेको छ।
७. हाम्रा राजनीतिक नेताहरु सात समुद्र पारी राजनीतिक सिद्धान्त विशेषमा विवाद हुँदा यहाँबाट रातारात वक्तव्यवाजी गर्दछन्। तर आफ्नो देशकेा सीमानामा विवाद हुँदा नदेखेझैं बस्छन्, थाहानपाएझैं गर्दछन्। अहिले दुई तिहाई बहुमतको संघीय सरकार छ, त्यस्तै प्रदेश सरकार छ र स्थानीयतहको सरकार छ । तैपनि सीमामा भएको विवादमा कोही गम्भीर भएका देखिँदैनन्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१