Worldlink ads

भागबण्डाको खण्डन

सम्पादक
असाेज २०, २०७८

गठबन्धनमा प्रधानन्यायाधीश पनि ! भन्ने समाचार संप्रेषण भएपछि धेरै मानिस स्तब्ध भएका छन् । राजनीतिक पार्टीहरुबीचको भागबण्डा र तत् सम्बन्धित कारणले गर्दा सरकार गठन भएको ३ महिना पूरा हुन लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । त्यसमाथि प्रधानन्यायाधीशलाई पनि भाग दिनुपर्ने स्थिति आयो भने त्यो देशकै लागि दुर्भाग्य हुनेछ । अदालतमा सेटिङका कुरा बराबर आउने गरेका छन् । राजनीतिक पार्टीका शीर्ष नेताहरुले पनि सेटिङका कुरा गर्ने गरेका छन् । यो कुराले सबैको मनमा आशंका जन्माएको बेला अहिले भागबण्डाको कुरा आउनु निश्चय नै यो राम्रो लक्षण होइन । त्यो राम्रो लक्षण नभएपछि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराले त्यो हल्लाको खण्डन गरेका छन् । उनले प्रधानन्यायधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिराञ्जित एवं भ्रामक समाचार प्रकाशित हुनु अत्यन्तै दुःखद् र खेदजनक भएको बताएका छन् । हामी पनि चाहन्छौं कि यो समाचार सत्य नहोस् ।
लोकतन्त्रका विभिन्न खम्बाहरुमध्ये अदालत एक हो । अदालतले संविधानको व्याख्या गर्दछ । त्यसले राजनीतिक विवादहरु जुन सर्वाेच्च अदालतमा दर्ता हुन्छन्, त्यसको छिनोफानो गर्दछ । त्यसको निर्णय सर्वमान्य हुन्छ । राजनीतिक विवाद जति बढ्दै जान्छ, उति सर्वाेच्चको महत्व बढ्दै जान्छ । मानिसहरुले सर्वाेच्चमा शक्ति प्रवाह बढ्दै गएको टिप्पणीसमेत गरेका छन् । तर जति त्यसको शक्ति बढ्दै गएको छ, त्यत्ति नै त्यसको आलोचना पनि हुने गरेको छ । राजनीतिक नेताहरु केहीले त्यसको फैसलामा चित्त बुझाउन नसकी असन्तुष्टि जाहेर गर्ने गरेका छन् । असन्तोष व्यक्त गरे तापनि अझसम्म तिनीहरुले त्यसको फैसला मान्ने गरेका छन् । यो सन्तोषको कुरा हो ।
राजनीतिक पार्टीहरु प्रष्ट भएका छन् । पार्टीहरुमा विकृति र विसंगतिको चाङ बढ्दो छ । जनतामा तिनीहरुको प्रभाव घट्दो छ । तिनीहरुले जनताको विश्वास गुमाउँदै गएका छन् । यस्तो बेलामा सबैका आशा र भरोसाको केन्द्र सर्वाेच्च अदालत हो । सर्वाेच्च अदालत चोखो हुनुपर्दछ । त्यसमा कुनै किसिमको दाग लाग्नु हुँदैन । राजनीतिक पार्टीहरुले न्यायाधीश छनोटमा पनि भागबण्डा गरेकाले त्यसको बाछिटा निश्चय नै त्यहाँ पुगेको होलान् । भागबण्डाको कारणले आफू जहाँबाट जसरी त्यहाँ पुगेको भएता पनि त्यहाँ पुगेपछिको हैसियत हुनु पर्दछ र पदको गरिमालाई ख्याल गरेर निस्पक्ष बन्न सक्नुपर्दछ । त्यसमा सुधार भएको आभाष पनि भएको छ । अहिलेको भागबण्डाको जुन विषय चर्चामा छ, त्यो गम्भीर छ । प्रधानन्यायाधीश राणाले त्यसको समयमै खण्डन गरेका छन् । त्यो खण्डन निश्चय नै एउटा आधार हो । तैपनि मानिसहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा क–कसलाई मन्त्री बनाउलान्, त्यसलाई नियाली रहेका छन् ।

Related News

सम्बन्धित समाचार

    • राउतले जिते विश्वासको मत

      सम्पादक असाेज २२, २०७८
      प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले बुधबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा दुइतिहाई सांसदको मत पाएका छन् । उनको दल…
    • दिल्ली बैठक त्यसै सकियो

      सम्पादक असाेज २१, २०७८
      नेपाल र भारतबीच कुनै पनि तहको र कुनै पनि विषयमा जहाँसुकै बैठक भए पनि नेपालीहरु त्यस बैठकलाई आशाको दृष्टिले हेर्ने…
    • हाम्रो तत्परता र सहयोगको नमूना

      सम्पादक असाेज १९, २०७८
      हाम्रो सरकारमा बसेका मानिसहरु र जनप्रतिनिधिहरु एकदमै चलाख र बाठा छन् । तिनीहरु कहाँ गएर के बोल्नु पर्दछ भन्ने थाहा…
    • खर्चिलो चुनावको चर्चा

      सम्पादक असाेज १८, २०७८
      हामी कहाँ विकृति र विसंगति छिटो आउँछ । सुरुमा हाम्रा समाजका अगुवाहरुले त्यसलाई टुलुटुलु हेरिरहेका हुन्छन् । त्यसलाई हटाउने प्रयास…
    • सर्वोच्चमा शक्ति प्रवाह

      सम्पादक असाेज १५, २०७८
      प्रजातन्त्रमा शक्तिको ओत जनतामा मानिन्छ । जनताले आफ्नो अधिकार आवधिक निर्वाचनको माध्यमबाट जनप्रतिनिधिलाई सुम्पिन्छ । निर्वाचित जनप्रतिनिधिको एक संस्था हुन्छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads