भरतमोहन पनि रहेनन्

सम्पादक
फागुन २१, २०७५

१. नेपाली राजनीतिको पुराना पुस्ताका एक स्तम्भका रुपमा रहेका पूर्व उपप्रधान मन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको शनिवार ८३ वर्षको उमेरमा निधन भएको छ । उनी फोक्सो र मुटु सम्बन्धी रोगबाट केही महिनादेखि पीडित थिए । उपचारका क्रममा ह्याम्स अस्पतालमा उनको निधन भएको हो ।

२. भरतमोहन अधिकारी, मनमोहन अधिकारीको प्रधानमन्त्रित्व कालमा वि.सं. २०५१ सालमा पहिलो पटक अर्थमन्त्री भएका थिए । त्यसबेला नेपालको इतिहासमा पहिलो पटक कम्युनिष्ट पार्टी सरकारमा आएकोले सरकारले जनतालाई के कसरी दूरगामी प्रभाव पार्ने काम गर्ने भनेर खूव चिन्तन मनन गरेको थियो ।

३. वाम अर्थशास्त्रीहरुको समेत विचार विमर्शबाट उनले बजेटमा बृद्धभत्ताको व्यवस्था गरे । उनले गरेको बृद्धभत्ताको त्यो व्यवस्था ज्यादै लोकप्रिय भयो । त्यो व्यवस्थाबाट उनीमात्र लोकप्रिय भएका होइनन्, त्यसले चुनावमा एमालेलाई जिताउनमा पनि ठूलो सघाउ पुर्याएको थियो । त्यसको प्रभाव अझ पनि रहेको देखिन्छ ।

४. त्यसपछि उनी पटक पटक मन्त्री पनि भए । उनी २०६७ सालमा उपप्रधान तथा अर्थमन्त्री भएको बेला नक्कली भ्याट विलको प्रकरण चकेर्को थियो । उनले भ्याटविल प्रकरणमा व्यापारीहरुलाई उन्मुक्ति दिन खोजेकोमा उनी विवादित हुन पुगे । त्यसैबेला अर्थसचिव भएका रामेश्वर खनालले उनीसँग विमति राखेर अकस्मात राजीनामा दिएपछि उनी विवादित र आलोच्य पनि बने ।

५. मनमोहन अधिकारीले विद्यार्थी अवस्थादेखि नै राजनीतिमा पदार्पण गरेका थिए । उनले १५ वर्षकै उमेरमा भारतको भारतीय कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । भारतको स्वतन्त्रता संग्राममा उनको पनि योगदान रहेको थियो । भारतका कम्युनिष्टहरुले उनलाई आदर र श्रद्धापूर्वक हेर्ने गर्दथे ।

६. पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सधैँ उनको सक्रियता रहने गर्दथ्यो । त्यबेला उनी भूमिगत पनि बसे । तीन वर्ष भारतमा स्वनिर्वासित भएर वसे । तीनै वर्ष उनले जेलमा यातना पनि भोगे । २०४२ र २०४६ सालको ऐतिहासिक आन्दोलनमा उनको ठूलो योगदान रह्यो । २०४७ सालको संविधान निर्माण आयोगमा उनी पनि सदस्य भएका थिए ।

७. त्यसबेला छरिएर रहेका कम्युनिष्ट पार्टीहरुलाई नजिक ल्याउन र एकीकृत गर्नमा उनले सक्रिय भूमिका खेलेका थिए । वरिष्ठतम वामपन्थीका रुपमा उनलाई आदर र सम्मान गर्ने गरिएको थियो । ७० वर्ष नाघेपछि उनले पार्टी नति अनुसार सक्रिय राजनीतिबाट अलग रहेता पनि नेताहरुलाई सरसल्लाह र सुझाव दिने काममा उनी सक्रिय नै रहेका थिए ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width