बुद्धको बढ्दो प्रभाव

सम्पादक
चैत्र ६, २०७५

१. आज भोलि यताउता भगवान बुद्धका मूर्ति स्थापना गर्ने गरिएको छ। त्यसरी स्थापना गरिएको बुद्धमूर्ति एक पछि अर्को ठूलो हुँदै गएको छ। अहिले त युद्ध स्थलमा पनि बुद्धमूर्ति राख्ने गरिएपछि यसको महत्व बढेको प्रष्ट भएको छ। रुकुमपूर्व को मुगे गाउँपालिकाको महतगाउँमा पनि आफ्नो चाहना शान्ति भएको प्रतिबिम्बित गर्न ठूलो बुद्धको मूर्ति राखी शान्तिपार्क निर्माण गरिरहेका छन्।

२. बुद्धजन्मेको देश नेपालमा बुद्धको मूर्ति थपिँदै जानु र बुद्ध स्थल निर्माण हुदै जानु खुशीको कुरा हो। लामो समय पछि नेपालीहरुमा यो भावना बढ्दै छ।  जनयुद्धको बेला रुकुम रोल्पालाई आधार इलाका मानिन्थ्यो र त्यो युद्धको क्रममा धेरै मानिसहरुको मृत्यु भएको थियो। त्यस्तै त्यहाँको धेरै अंगभंगभएर पीडित भएर रहेका छन।

३. १० वर्षे जनयुद्ध अहिले इतिहास भएको छ। तर त्यसबेला भएको क्षति अहिले पनि छरपष्ट देखिन्छ। त्यो क्षति मेटाउनलाई उनीहरुले युद्धको ठाउँमा बुद्धको मूर्ति राखेका छन्। जसबाट हिजोका घाउलाई बिर्सन सकियोस्। रुकुम वासीहरुको त्यो प्रयास प्रशंसनीय छ। तर त्यत्ति गर्नु मात्र पर्याप्त भने होइन।

४. बुद्धको मूर्ति राख्नु बुद्धको सन्देश संम्प्रेषण गर्नु हो। बुद्धको सन्देश भनेको शान्ति, मैत्री, करुणा र अहिंसाको भावनाहो। चारआर्य सत्य हो र आर्य अष्टाङ्गिकमार्ग हो। त्यो भन्दा अरु पर जाने हो भने विपश्यना ध्यान हो। विपश्यना ध्यानको अभ्यासबाट मानिस भित्रैदेखि परिवर्तन हुन्छ र शान्तिको अनुभूति गर्न पुग्छ।

५. तर बिडम्बना यो छ कि नेपालमा बुद्धका शिक्षा, सिद्धान्तलाई महत्वका साथ हेर्ने गदैर्नन्। धेरै नेपालीहरुले बौद्ध शास्त्र त्रिपिटक को नाम नै सुनेका छैनन्। धेरै नेपालीहरु भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनी गएका छैनन् र मायादेवी मन्दिरको दर्शन गरेका छैनन्।

६. बुद्धका पञ्चशीलमा धेरै महत्वका कुराहरु छन्। पहिलो नम्बरमा प्राणी हिंसा नगर्ने कुरा छ। त्यसमा झुठ नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने र मादकपदार्थको सेवन नगर्ने कुरा उल्लेख छ। त्यस्तो महत्वपूर्ण कुरामा प्रतिबद्धता जनाउन पनि मानिस हिचकिचाउने गर्दछन्। फेरि त्यो ऐन कानून होइन, शीलको पालन नगदैर्मा दण्ड जरिवाना लाग्ने होइन, त्यो शील हो त्यसलाई पालना गर्न प्रयास गर्ने हो।

७. बुद्धका मूर्तिहरु स्थापना भए अनुसार बुद्धको शिक्षा सन्देशको महत्व पनि बढ्दै गएको छ। उसका शील, शिक्षा र कथाहरु विद्यालयको पाठ्य पुस्तकमा राख्ने पनि गरिएको छ। केही विद्यालयहरुमा बुद्धको शिक्षा परियत्ति पढाउने व्यवस्था पनि भएको छ। नैतिक शिक्षाको रुपमा पञ्चशील राख्दा त्यसले राम्रो परिणाम दिएको विद्यालयका अधिकारीहरुले बताउने गरेका छन्। यस्तो स्थिति भएकोले बुद्ध शिक्षालाई पढ्ने र पढाउने गरौं र शान्तिका प्रतीक बुद्धमूर्तिहरु स्थापना गरेर शान्तिप्रिय नागरिकको रुपमा आफनो पहिचान बढाऔं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width