बाल घुम्ती पुस्तकालय

सम्पादक
फागुन १८, २०६९

१. पुस्तकालय हाम्रो जीवनका लागि अति आवश्यक छ। त्यो अवाश्यक भएर विभिन्न ठाउँमा पुस्तकालय स्थापना गरिएको हुन्छ। तर त्यसरी एकै ठाउँमा स्थापित पुस्तकालयले निश्चित क्षेत्रका अध्येयतालाई सेवा प्रदान गरेको हुन्छ भने घुम्ती पुस्तकालय वरपरका धेरै ठाउँका मानिसलाई सेवा प्रदान गर्दछ।

२. हाम्रो समाजमा घुम्ती पुस्तकालयको चलन त्यसरी भएको छैन। एक-दुर्इ ठाउँमा त्यसको प्रयोग भएको थियो। तर त्यो लामो समय टिकेन। कास्कीमा त्यस्तै प्रयोग अहिले भएको छ। सामुदायिक विद्यालयहरूलाई लक्षित गरी यहाँको हिमालयन बुद्ध फाउण्डेशन पोखराले बुद्ध फाउन्डेशन जापानको सहयोगमा घुम्ती पुस्तकालय सञ्चालनमा ल्याएको छ।

३.     फाउण्डेशनले कास्कीका ग्रामीण भेकका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेको बताएको छ। ग्रामीण भेकका विद्यार्थीहरू पुस्तकालयको सुविधाबाट वञ्चित छन्। घुम्ती पुस्तकालय पहिलो पटक चापाकोटस्थित सिद्धबराह उच्च माविको रजत जयन्तीको अवसर पारेर सोही विद्यालयबाट प्रारम्भ गरिएको छ।

४. सिद्ध बराह उच्च माविमा बुधबार आयोजित एक विशेष समारोहमा पुस्तकालयको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेले उद्घाटन गरेका थिए। घुम्ती पुस्तकालयका पुस्तकहरूको रसस्वादन गर्न पाएकामा विद्यालय परिवार खुशी भएको छ। विद्यालयले यो एक अत्यन्त उपयोगी कार्यक्रम भएको जनाएको छ।

५. बुद्ध फाउण्डेशन, पोखराका अनुसार घुम्ती पुस्तकालय पहिलो चरणमा कास्की जिल्लाका धम्पुस, पुरुन्चौर, ढिकुरपोखरी, पामे र माछापुच्छ्रेमा सञ्चालन गरिने छ। त्यसपछि अन्य गाउँको विद्यालयमा पनि पुर्‍याउने लक्ष्य राखिएको छ। पुस्तकालय सञ्चालनका लागि फाउण्डेशनले बुद्ध फाउण्डेशन जापानसँग १० वर्ष सम्झौता गरेको छ।

६.     सम्झौता अनुसार बुद्ध फाउण्डेशन जापानले पुस्तकालय सञ्चालनका लागि एक करोड १८ लाख पर्ने मोबाइल कार, पुस्तकालयको गतिविधि सञ्चालनका लागि ५० लाख, र विद्यार्थीहरूको पाठ्यक्रमसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पुस्तक पनि प्रदान गरेको छ। मोबाइल कारमा बसेर विद्यार्थीले पढ्न सक्ने व्यवस्था पनि गरेको छ।

७. ग्रामीण भेकका विद्यार्थीको स्तर वृद्धिका लागि यो एक उपयोगी कार्यक्रम हो। यसले उनीहरूको ज्ञानको क्षेत्रलाई विस्तृत र फराकिलो पार्ने छ। तर एउटा मुख्य कुरा के हो भने यसलाई बढीभन्दा बढी ठाउँमा पुर्‍याउनुपर्दछ र बुद्ध फाउण्डेशन जापानसँग सम्झौता सिद्धिएपछि पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ र निरन्तरता दिने क्षमता बढाउन सक्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • नयाँ सरकारसामु किसानका पुराना समस्या

    सम्पादक माघ २२, २०७९
    लोकतान्त्रिक पद्धतिमा चुनावलाई त्यसको सुन्दर पक्ष मानिन्छ । त्यो यति सुन्दर हुन्छ कि त्यसले मतदातालाई सधैं आकर्षित बनाउँछ । जनप्रतिनिधि…
  • लुम्बिनीलाई विवादको स्थल नबनाऊ

    सम्पादक माघ १९, २०७९
    भगवान् बुद्धको जन्मस्थल पवित्र लुम्बिनीको आकर्षक किसिमले विकास भइरहेको छ । लुम्बिनीमा विभिन्न बौद्ध देशहरु र बौद्ध संघसंस्थाले आ–आफ्नै देशको…
  • नयाँ राष्ट्रपतिको चर्चा

    सम्पादक माघ १८, २०७९
    नयाँ राष्ट्रपतिको चुनाव आगामी फागुन २५ गतेका दिन काठमाडौंमा हुने भएको छ । निर्वाचन आयोगले यो मितिको घोषणा गरेलगत्तै नयाँ…
  • असभामुख घिमिरेका चुनौती

    सम्पादक माघ ८, २०७९
    प्रतिनिधि सभाको गत बिहीबार भएको निर्वाचनमा एमाले स्थायी कमिटीका सदस्य देवराज घिमिरे सभामुख पदमा निर्वाचित भएका छन् । मत विभाजनबाट…
  • पृथ्वीजयन्तीमा बिदा गरियोस्

    सम्पादक पौष २२, २०७९
    पृथ्वीनारायण शाहले त्यसबेला बाइसे र चौबिसे लगायतका स–साना राज्यमा छरिएर रहेका राज्यहरुलाई एकीकृत गरेर नेपाल राष्ट्र बनाएका हुन् । उनले…

hero news full width