बाल घुम्ती पुस्तकालय

सम्पादक
फागुन १८, २०६९

१. पुस्तकालय हाम्रो जीवनका लागि अति आवश्यक छ। त्यो अवाश्यक भएर विभिन्न ठाउँमा पुस्तकालय स्थापना गरिएको हुन्छ। तर त्यसरी एकै ठाउँमा स्थापित पुस्तकालयले निश्चित क्षेत्रका अध्येयतालाई सेवा प्रदान गरेको हुन्छ भने घुम्ती पुस्तकालय वरपरका धेरै ठाउँका मानिसलाई सेवा प्रदान गर्दछ।

२. हाम्रो समाजमा घुम्ती पुस्तकालयको चलन त्यसरी भएको छैन। एक-दुर्इ ठाउँमा त्यसको प्रयोग भएको थियो। तर त्यो लामो समय टिकेन। कास्कीमा त्यस्तै प्रयोग अहिले भएको छ। सामुदायिक विद्यालयहरूलाई लक्षित गरी यहाँको हिमालयन बुद्ध फाउण्डेशन पोखराले बुद्ध फाउन्डेशन जापानको सहयोगमा घुम्ती पुस्तकालय सञ्चालनमा ल्याएको छ।

३.     फाउण्डेशनले कास्कीका ग्रामीण भेकका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेको बताएको छ। ग्रामीण भेकका विद्यार्थीहरू पुस्तकालयको सुविधाबाट वञ्चित छन्। घुम्ती पुस्तकालय पहिलो पटक चापाकोटस्थित सिद्धबराह उच्च माविको रजत जयन्तीको अवसर पारेर सोही विद्यालयबाट प्रारम्भ गरिएको छ।

४. सिद्ध बराह उच्च माविमा बुधबार आयोजित एक विशेष समारोहमा पुस्तकालयको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेले उद्घाटन गरेका थिए। घुम्ती पुस्तकालयका पुस्तकहरूको रसस्वादन गर्न पाएकामा विद्यालय परिवार खुशी भएको छ। विद्यालयले यो एक अत्यन्त उपयोगी कार्यक्रम भएको जनाएको छ।

५. बुद्ध फाउण्डेशन, पोखराका अनुसार घुम्ती पुस्तकालय पहिलो चरणमा कास्की जिल्लाका धम्पुस, पुरुन्चौर, ढिकुरपोखरी, पामे र माछापुच्छ्रेमा सञ्चालन गरिने छ। त्यसपछि अन्य गाउँको विद्यालयमा पनि पुर्‍याउने लक्ष्य राखिएको छ। पुस्तकालय सञ्चालनका लागि फाउण्डेशनले बुद्ध फाउण्डेशन जापानसँग १० वर्ष सम्झौता गरेको छ।

६.     सम्झौता अनुसार बुद्ध फाउण्डेशन जापानले पुस्तकालय सञ्चालनका लागि एक करोड १८ लाख पर्ने मोबाइल कार, पुस्तकालयको गतिविधि सञ्चालनका लागि ५० लाख, र विद्यार्थीहरूको पाठ्यक्रमसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पुस्तक पनि प्रदान गरेको छ। मोबाइल कारमा बसेर विद्यार्थीले पढ्न सक्ने व्यवस्था पनि गरेको छ।

७. ग्रामीण भेकका विद्यार्थीको स्तर वृद्धिका लागि यो एक उपयोगी कार्यक्रम हो। यसले उनीहरूको ज्ञानको क्षेत्रलाई विस्तृत र फराकिलो पार्ने छ। तर एउटा मुख्य कुरा के हो भने यसलाई बढीभन्दा बढी ठाउँमा पुर्‍याउनुपर्दछ र बुद्ध फाउण्डेशन जापानसँग सम्झौता सिद्धिएपछि पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ र निरन्तरता दिने क्षमता बढाउन सक्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width