बलात्कार पछिको हत्या सामान्य होइन

सम्पादक
श्रावण १२, २०७६

१. निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले एक वर्ष काटेछ। यो एक वर्षमा धेरै संघसंस्थाहरूले निर्मला पन्तको हत्याराको पहिचान गरी कारवाही गर्न नारा जुलुस गरे। यो प्रकरण देशव्यापी भयो। उनका आमाबाले पनि कहिले सत्याग्रह र कहिले के गरी सरकारलाई दवाव दिए।

२. निर्मला पन्तको केश विशेष बन्यो। छानविन समिति गठन भयो। समिति पनि एउटा होइन, धेरै समिति गठन भए। प्रहरी अधिकृतहरूलाई सरुवा गरिए। केहीलाई निलम्बन पनि गरियो। धेरै माथि शंका उप–शंका पनि व्यक्त गरिए तै पनि अपराधी पत्ता लाग्न सकेन। त्यो प्रयास अझै जारी छ।

३. अपराधी पत्ता लागाउने अक्रममा शंकास्पद व्यक्तिहरूको डिएनए टेष्टगरियो। धेरैलाई प्रहरीले खोरमा पनि थुनेर एक जनालाई अपराधी नै भनेर पनि समातियो। तर त्यो पनि अपराधी ठहरिएन। त्यसलाई अपराधी भनिए पछि स्थानीयहरू चर्को रूपमा सडकमा उत्रे। निरपराध व्यक्तिलाई बलिको बोका बनाउन लागेकोमा पब्लिकले आपत्ति जनाए।

४. प्रहरीले धेरै शंकास्पद व्यक्तिलाई तान्दै ल्याए। त्यसरी तान्ने क्रममा सरकारमा वसेकाहरूले आफूहरू अपराधीको नजिक पुगेको भन्दै सरोकारवालाहरूलाई आश्वस्त पारे। एक जना वरिष्ठ मन्त्रीले त अपराधी आप्mनो पञ्जामा परेको उल्लेख गर्दै कुनै पार्टी नेताले अपराधीलाई छाता ओढाउन नआउन समेत भने।

५. निर्मला पन्तको प्रकरणले देशका ठूल्ठूला शहर बजार हल्लायो। जताततै जुलुस निस्क्यो। एक पटक होइन, पटक–पटक जुलुस र आमसभा भयो। मानव अधिकारवादीहरू सक्रिय भए। सरकार माथि दवावहरू बढ्दै गए। सरोकारवालाहरूले यो प्रकरणलाई विशेष रूपमा लिएका छन्।

६. त्यसैले एक वर्ष वितेर पनि यो प्रकरण सेलाएको छै न। तर गृहमन्त्री रामबहादुर थापाले निर्मलापन्तको बलात्कार पछि हत्या भएको घटनालाई सामान्य रूपमा प्रस्तुत गर्दा सरोकारवालाहरू स्तब्ध भएका छन्। उनले यो घटनालाई राजनीतीकरण गर्न खोजिएको आरोप पनि लगाए।

७. निर्मला पन्तको बलात्कार पछि भएको हत्याजस्तै यो वर्ष पनि केही चेलीहरूको बलात्कार पछि हत्या गरिएको छ। यस्तो अपराध बढ्दै गएको छ। तर धेरै अपराधीहरूको पहिचान हुन सकेको छैन। यस्ता केश धेरै भएका छन् भनी सामान्यीकरण गर्न भने हुँदैन। सरकारको त्यस्तो दृष्टिले अपराधीहरूले प्रोत्साहन पाउन सक्छन भने सरोकारवालाहरू निरुत्साहित हुन सक्छन्, यसमा विशेष ख्याल राखिनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width