१. प्रधानमन्त्री के.पी.ओलीले समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर सरकार संचालन गरिरहेका छन्। नेपाललाई समृद्ध बनाउन र नेपालीलाई सुखी बनाउन नेपालीको आयस्रोत बढाउनु पर्दछ। आयस्रोत बढाउन देशको उत्पादन बढाउनु आवश्यक छ। उत्पादनको चर्चा गर्दा एउटा कृषि उत्पादनको कुरा आउँछ भने अर्को औद्योगिक उत्पादन।
२. कृषिउत्पादन बढाउन निजी क्षेत्रले केही गरिरहेको छ। निजी क्षेत्रले राम्ररी काम गरिरहेको ठाउँमा सम्बन्धित जिल्ला त्यसमा आत्मनिर्भर पनि भएको छ। निजी क्षेत्र आफ्नै किसिमले अघि बढिरहेको ठाउँमा सरकारले तिनीहरुको प्रोत्साहन स्वरुप केही सहयोग गरिरहेको छ। तर सबै ठाउँमा त्यस्तो छैन।
३. देशलाई खँदिलो किसिमले विकास गराउने औद्योगिक उत्पादनले हो। तर औद्योगिक उत्पादन बढाउनेतिर ठोस रुपमा लागेको देखिँदैन। निजी क्षेत्र अझ पनि उद्योग धन्दाको लागि वातावरण छैन भनी अलमलिइरहेको अवस्था छ। यो सरकार गठन भएको डेढ वर्ष यता त्यस्तो ठूलो उद्योग कुनै स्थापना भएको छैन।
४. औद्योगिक उत्पादन गर्ने अर्को पक्ष हो – सरकार मातहतका उद्योगहरु। सरकार मातहतका उद्योगहरु पनि त्यसरी चलायमान छैनन्। तर तिनीहरु मध्ये पनि अधिकांश सरकारी प्रतिष्ठानहरु दशकौं देखि बन्द रहेका छन्। करोडौं मूल्य पर्ने प्रतिष्ठानका ती मेशिनपार्ट पूर्जाहरु खिया लागिसके होलान्। तिनीहरुलाई चलाउन सरकारले किन प्रयास गरेन, यो आश्चर्य कुरा हो।
५. एउटा गतिशील सरकारले आफू मातहतका प्रतिष्ठानहरुलाई बन्द भएको टुलुटुलु हेरेर बसिरहन सक्दैन। त्यो राष्ट्रिय क्षति हो। ती उद्योगहरु संचालन गरिएमा त्यसबाट एकातिर राष्ट्रिय उत्पादन बढ्छ भने अर्कोतिर रोजगारीको अवसर सिर्जना गर्दछ। त्यो उत्पादनले आयात प्रतिस्थापन गर्न पनि उत्तिकै सघाउ पुर्याउँछ।
६. नवीन्द्रराज जोशी नौ महिना उद्योग मन्त्री भएको बेला बन्द भएको नेपाल औषधि लिमिटेड संचालन गरेका थिए। त्यो उद्योग अझै संचालनमा छ। गरे हुन्छ भन्ने त्यो एक प्रमाण छ। तैपनि उद्योग मन्त्री मातृका यादवले उद्योग खोल्न किन ध्यान दिएनन्, त्यो रहस्यमयी छ। सरकार अनिर्णयको बन्दी भएर कतिसम्म रहने हो, हामी प्रश्न सोध्न चाहन्छौं।
७. बाह्य लगानी आउला र औद्योगिक उत्पादन बृद्धि होला भनेर बस्ने बेला यो होइन। बाह्य लगानीकर्ताहरुले १७ खर्ब ३० अर्ब लगानीको प्रतिबद्धता जनाएको पनि ६ महिना वित्न लागेको छ। तर कोही आएको देखिएको छैन। सरकारले एकद्वार प्रणाली पनि लागु गरेको छ। तर कोही नआउनुको पछाडि कतै हामीमाथि नै केही दोष छ कि भनेर हेर्नुपर्ने अवस्था पनि छ। समृद्धिको नारा लगाउँदैमा समृद्धि आउँदैन। त्यसको बाटोमा भएको बाधा अवरोध हटाउन पनि सक्नु पर्दछ। बन्द भएको औद्योगिक प्रतिष्ठानहरु छिटो संचालन गर्नेतिर लाग्नु पर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१