हाम्रो समाज विज्ञान र प्रविधिको प्रभावमा छ । कतै कसैले नयाँ कुरा गरे भने हाम्रो ध्यान सजिलै उतै आकर्षित हुन्छ र त्यसको प्रभावमा परिहाल्छ । त्यस्तै एउटा नयाँ प्रविधिको प्रयोगमा हाम्रो ध्यान केन्द्रित भएको छ । पोखराको वेस्ट म्यानेजमेन्ट कम्पनीले फालिएका प्लास्टिक प्रयोग गरेर अनुपम टोलमा १ सय मिटर पिच गरेर देखायो । कम्पनीले त्यो बाटो बनाएको ४ वर्ष भएको छ । कम्पनीका दुई युवाहरु मेकानिकल इन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीले भुटान गएर छोटो अवधिको प्रशिक्षण प्राप्त गरी खेर जाने प्लास्टिक सदुपयोग गर्दै बाटो पिच गरेको समाचारमा उल्लेख छ । प्लास्टिकको अत्यधिक प्रयोग हुने गरेको र प्रयोगपछि जता पनि फाल्ने गरिएबाट ठूलो समस्या उत्पन्न भएको बेला प्लास्टिकबाट पिच गर्न सकिने कुरा सबैका लागि महत्वपूर्ण भएको छ ।
त्यो कम्पनीले ४ वर्ष पहिले गरेको पिच नयाँ प्रयोग भएको र त्यो प्रयोग व्यापक भएमा प्लास्टिकजन्य फोहोरमैलाको समस्या समाधान हुनेमा हामीले पनि टिप्पणी गरेका थियौं । प्लास्टिक प्रयोग गरेर पिच सडक निर्माण गरिनु निश्चय नै महत्वपूर्ण कुरा हो । कम्पनीले आफ्नो कार्यक्रमलाई देशभरि फैलाउने उद्देश्य रहेको पनि बताइएको छ । कम्पनीले राखेको उद्देश्य पनि महत्वपूर्ण छ तर, त्यसको लागि पहिले कामको गुणस्तरीयताको परीक्षण गर्नुप¥यो र त्यसको साथै लागतको पनि कुरा आउँछ । निजी क्षेत्रबाट प्रारम्भ गरिएकोले लगानीको कुरा पनि आउँछ । लगानी के–कति गर्नुपर्ने हो र त्यसको आपूर्ति कसरी हुन्छ, त्यो पनि ठूलो कुरा हो । यो नयाँ प्रयोग भएकोले बैंक तथा वित्तीय संस्थालाई प्रभाव पार्नु पनि आवश्यक देखिन्छ ।
यस्तो नयाँ प्रविधि भित्र्याउनेहरुलाई प्रोत्साहित गर्ने काम गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको पनि हो । यस कामप्रति प्रतिष्ठानको ध्यान गएको पनि बताइएको छ । तर त्यसले के–कति र कसरी प्रोत्साहित गर्छ, त्यो निश्चित छैन किनभने हामीकहाँ सरकारले विज्ञान र प्रविधि क्षेत्रको विकासमा उल्लेखनीय मात्रामा बजेटको विनियोजन नै गर्दैन । कतिपय प्रतिष्ठानहरु सरकारको शोभामात्र भएर रहेका छन् । नयाँ प्रतिभाहरु जन्मन्छन् । कसैले के कसैले के बनाउँछन् । तर तिनीहरुले सरकार र सम्बिन्धत क्षेत्रबाट आवश्यक प्रोत्साहन र सहयोग प्राप्त गर्न सक्दैनन् । जसको कारण कतिपय प्रतिभाहरु बीचैमा ओइलाएर गएका उदाहरण धेरै छन् । जहाँसम्म ग्रीन रोड वेष्ट म्यानेजमेन्ट कम्पनीको कुरा हो । फालिएका प्लास्टिकबाट सडक बनाउने, त्यसको काम महत्वपूर्ण छ । त्यस कम्पनी र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानकाबीच आपसी सहयोगको कुरा पनि भएको बुझिएको छ । प्रतिष्ठानले पनि आफ्नो काम देखाउने यो राम्रो मौका हो । त्यस्तै नगरपालिकाहरुले पनि प्लास्टिकजन्य फोहोर प्रयोग गर्ने यस्तो कम्पनीलाई साथ र सहयोग गरी प्रोत्साहित गरिनु पर्दछ ।
Related News
सम्बन्धित समाचार
बजेट अविलम्ब छलफलमा लैजाऊ
अग्नि परीक्षामा वामदेव
बंगलादेशको राष्ट्रिय महत्वको पद्मा पुल
बजेटमाथिको छलफल सुरु गर
स्वदेशी शिक्षालाई प्रोत्साहन गर्ने भेला
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९