फेरि डा. के.सी. का कुरा

सम्पादक
श्रावण ३२, २०७४

१. डा. गोविन्द के.सी.ले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै बस्दै आएको आमरण अनशनको आज २४ औँ दिन हो। अनशन जति लम्बिदैछ, उति डा. के.सी.को अवस्था नाजुक बन्दैछ। जति उनको अवस्था नाजुक बन्दैछ, उति देशव्यापी रुपमा चिन्ता फैलिँदै गएको छ। यो चिन्तासँगै उनको समर्थनमा संघ संस्था र व्यक्तिहरु खुलेरै सडकमा आउन थालेका छन्।

२. जिल्ला-जिल्लामा पनि त्यसको प्रभाव देखिन थालेको छ। हिजो सडकमा प्लेकार्ड लिएर सडकमा र्‍याली निकाल्नेहरु आज आफै अनशनमा बसेर समेत दबाब दिन थालेका छन्। पोखराका नागरिक समाजका अगुवाहरुले सोमबारेदखि त्यो अभियान थालेका छन्। डा. के.सी.को समर्थन हस्ताक्षर अभियान शुरु गरेकाहरु आफै अनशनमा बसेपछि त्यसको प्रभाव व्यापक हुँदै गएको छ।

३. पहिलो दिन नागरिक समाज, पोखराका संयोजक रामबहादुर पौडेल, कन्या क्याम्पसको प्राध्यापक संघका अध्यक्ष इन्द्रकमल मानन्धर, मानव अधिकार तथा शान्ति समाज कास्कीका अध्यक्ष धीरज थापा र राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालका सुनिल पाण्डेले रिले अनशन शुरु गरेका छन्। रिले अनशनका लागि नाम लेखाउनेहरुको संख्या बढ्दो छ।

४. एकातिरको स्थिति यस्तो छ भने अकोर्तिर काठमाडौंमा के.सी.सँगको वार्ता सफल हुन सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवा आफै यस सम्बन्धमा सकारात्मक छन्। तर विभिन्न्ा राजनीतिक स्वार्थले गर्दा वार्ता टुङ्िगएको छैन। तैपनि वार्ताकारहरु हिजो भन्दा आज सहमतिको नजिक पुगेको बताइएको छ।

५. काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खुलाउन नदिने कुरामा वार्ता अडि्कएको छ । १० वर्षसम्म त्यसरी स्वीकृति दिइएन भने मनमोहन अधिकारीको नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था के हुन्छ, त्यसमा एमालेका नेताहरुले सहकारीको नाममा गरेको लगानी के हुन्छ भन्ने प्रश्न अहं बनेर आएको छ।

६. त्यो संस्थालाई सरकारले किन्ने कुरा आएको छ। त्यो कुरालाई के.पी. ओली प्रधानमन्त्री भएको बेलामा मन्त्रिपरिषद्ले निर्णय पनि गरेको थियो। त्यो निर्णय कार्यान्वयन गरिएमा वार्ता मिल्ने देखिन्छ। तर सहकारीका पदाधिकारीहरु त्यो बेच्ने कुरा स्वीकार्दैनन्। उनीहरु जसरी भए पनि मेडिकल कलेजको स्वीकृति लिने प्रयासमा छन्।

७. यस्तै स्वार्थ अरुहरुका पनि छन्। त्यस्तै स्वार्थहरुले गर्दा डा. के.सी.को मागलाई उनीहरु अव्यावहिारक मान्छन्। तर गुणस्तरीय मेडिकल कलेजको आवश्यकता सम्बन्धमा कसैले औंला ठड्याउने अवस्था छैन। फेरि उनका मागहरु पहिलेका सरकारहरुले स्वीकारेका कुरा पनि हुन्। पहिले स्वीकारेका कुरालाई अहिले हिचकिचाउनु इन्कार गर्नु उचित पनि होइन। त्यसैले डा. के.सी.को मागलाई समर्थन गर्नुपर्ने अवस्था आएको छ। त्यसमा पनि उनी नाजुक अवस्थामा पुगेकाले छिटो उनको माग पूरा गरिनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width