फेरि जंगलको कुरा

सम्पादक
वैशाख २५, २०७६

१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा आयोजित कार्लमाक्र्स जयन्तीको अवसरमा आफू पार्टीमा एक्लो अनुभव गरेको र त्यस्तै भए आफू फेरि जंगल जान तैयार भएको अभिव्यक्ति दिएकाछन्। उनले त्यो अभिव्यक्ति व्यक्त गरेपछि त्यसको पक्ष र विपक्षमा मानिसहरु तरङ्गित भएकाछन्।

२. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देशको सबभन्दा ठूलो पार्टी हो। प्रतिनिधि सभामा त्यसको झन्डै दुई तिहाइ बहुमत छ। त्यो बहुमतको सरकार छ। त्यस्तो पार्टीका अध्यक्षले जंगल जाने धम्की दिनु साधारण कुरा होइन। त्यो धम्की कसको विरुद्धमा हो, त्यसको खोजि हुनु आवश्यक छ।

३. केही मानिसहरु उनले जे पनि बोल्छन भन्दै विहान एउटा बेलुकी एउटा बोल्नेको बोलीमा त्यत्ति धेरै गम्भीर भएर ध्यान नदिए पनि हुने विचार व्यक्त गर्दछन्। उनीहरुले कार्ल मार्क्सको अगाडि आफू अझै सच्चा कम्युनिष्ट भएको प्रतिबद्धता व्यक्त गरेका हुन् भन्ने गर्दछन्। साँचो कम्युनिष्टको परिभाषामा विचलन आएको बेला त्यस्तो क्रान्तिकारी अभिव्यक्ति आउनु स्वाभाविक हो।

४. कुनै बेला कम्युनिष्टहरु आमूल परिवर्तनका कुरा गर्दथे। रेडिकलचेञ्ज भन्थे उनीहरुले सम्झौतावादी, संशोधनवादी हुनुलाई पथ भ्रष्ट भन्थे र सिद्धान्तमा आएको विचलन मान्थे। तर अहिले संशोधनवादी र सम्झौतावादीहरुको बोलबाला छ। आमूल परिवर्तनकारीहरु पाखालाग्दै गएकाछन्। त्यसैले भन्ने गरिएको छ कि सिद्धान्तनिष्ट कम्युनिष्ट पाउनु दुर्लभ छ।

५. त्यसैले विस्तारवादी भारत, साम्राज्यवादी अमेरिका भन्ने सुनिन छोडेको छ। लाल सलाम भन्ने पनि विरलै सुनिन्छ। मुठ्ठी कसेर अभिवादन गरेको पनि विरलै देखिन्छ। पूँजीवादलाई गाली गरेको सुन्न पनि एउटा पर्व नै कुर्नु पर्ने भएको छ। कम्युनिष्टको ट्रेडमार्कको रुपमा रहेका यस्ता धेरै कुराहरु अहिले हराएर गएको छ।

६. कम्युनिष्टहरुको जीवन यापन कस्तो हुनुपर्ने हो र अहिलेका कम्युनिष्टहरुको जीवनयापन कस्तो छ। हिजोका कम्युनिष्टहरु किसान मजदुर र श्रमजीवीको नामलिएर कहिले थाक्दैनथे। अहिलेका कम्युनिष्ट नेताहरु भ्रष्ट, भूमाफिया, भ्रष्टाचारी, दलाल पूजीपतिहरुबाट घेरिएर रहने गरेका उनीहरुकै सहकर्मीले भन्ने गर्दछन्।

७. यस्तो अवस्थमा माक्र्स, लेनिन, माओहरुले हेर्न आए कस्तो देख्लान? माक्र्स लेनिनहरु आउने त सम्भावना छैन तर उनीहरुको फोटो अगाडि पनि केही सजग र सतर्क हुनै परेको छ। मुठ्ठी कसिएको हातले अभिवादन गर्नै परेको छ। त्यसै क्रममा वन जंगल जाने कुरा आउनु स्वभाविक हुन सक्छ। यसमा तर्क वितर्क गर्नु त्यत्ति युक्तिसंगत देखिँदैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width